सहकारीको प्रभाव गाउँमा


मोरङ, साउन ७ । सहकारीको प्रभाव गाउँगाउँमा देखिएको छ । सहकारीले थोरै पूँजी संकलन गरी कारोबार गर्ने गर्छन् ।
सहकारीको स्थापना भई कारोबार भएपछि स्थानीयको जीवनमा सुधार आएको छ ।
डिभिजन सहकारी कार्यालय मोरङका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा मोरङका एक हजार ६३ सहकारी संस्थाले १६ अर्ब ५२ करोड १८ लाख २१ हजार ७७३ रुपैयाँको कारोबार गरेका छन्।
त्यस्तै सहकारीले शेयर पूँजी एक अर्ब ६७ करोड ६४ लाख २९ हजार ४५४ रुपैयाँ छ। अर्ब ३५ लाख ६७ हजार ५६२ रुपैयाँ निक्षेप सङ्कलन गरी सहकारीले छ अर्ब २७ करोड ३७ लाख ३५ हजार ८४ रुपैयाँ ऋण लगानी गरेका छन्।
जिल्लामा आठ हजार २ सय २ जना सहकारीका सञ्चालक रहेको छन् । सहकारीले नेतृत्व विकासमा पनि बल पुगेको डिभिजन प्रमुख दिलशेर राईले बताउनुभयो ।
सहकारीमा हालसम्म २ लाख ५१ हजार ६ सय २ जना आबद्व भएका छन् । १ हजार ८ सय ६५ जनाले सहकारीबाट प्रत्यक्ष रोजगारी पाएका छन्।
आव २०७१÷७२ मा निस्क्रिय रहेका ३० वटा सहकारी संस्थाको दर्ता खारेज गरिएको थियो।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने