प्रस्तावनामै सहकारी राख्न माग


काठमाडौं, साउन ७ । राष्ट्रिय सहकारी संघले तीन खम्बे अर्थनीतिअनुरुप सहकारीलाई सबल खम्बाको रुपमा स्थापित गर्न संविधानको प्रस्तावनामै सहकारीलाई समेट्न सुझाव दिएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई संघका अध्यक्ष केशवप्रसाद बडालले लिखित सुझाव बुझाउँदै मस्यौदाको प्रस्तावमा सार्वजनिक, सहकारी र निजी क्षेत्रमार्फत आथिर्क समानता भन्ने शब्द उल्लेख गर्न माग गरेको हो । सहकारीमार्फत आर्थिक विकास संभव भएको भन्दै संघले सहकारीमार्फत आर्थिक क्रान्ती गर्न सकिने खाका बनाएको छ । सहकारीबाट रचनात्मक काम गर्न सकिने भन्दै संघले २ सय पृष्ठ लामो आफ्नो सुझाव नेम्वाङलाई बुझाएको छ ।
संघले् राज्य नीतिअन्तर्गतको अनुसूचीमा रहेका सामाजिक सांस्कृतिक रुपान्तरण, अर्थ वाणिज्य, कृषि, नागरिकको आधारभूत आवश्यकता र पर्यटनसम्बन्धी नीतिमा सहकारीलाई समेट्न आग्रह गरेको छ । त्यस्तै सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्य, राष्ट्रिय अर्थतन्त्रको विकास, जग्गाको चक्लाबन्दी गर्ने भू–नीति, शिक्षा, स्वास्थ्य, आवास विकास, पर्यटन विकासमा सहकारीको समेत भूमिका स्पष्ट उल्लेख गर्न सुझाईएको छ ।
सुभाव हस्तान्तरण कार्यक्रममा सभासद् समेत रहेका राष्ट्रिय संघका अध्यक्ष बडालले सहकारीमा ४७ लाख सर्वसाधारण आबद्ध भएको र यसले देशको आथिर्क–सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेल्ने जानकारी दिनुभयो ।
सुझाव बुझ्दै संविधानसभा अध्यक्ष नेम्वाङले संविधान सहकारीमैत्री हुने प्रतिवद्वता व्यक्त गर्नुभयो । सहकारी क्षेत्रबाट प्राप्त सुझावलाई समेट्न अधिकतम प्रयास गरिने उहाँको भनाई थियो । ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने