सहकारीमार्फत नवनिर्माण हुन्छ–खाण


काठमाडौं, साउन ७ । सभासद् एंव नेपाली कांगे्रसका कृषि तथा सहकारी प्रमुख बालकृष्ण खाणले सहकारीमार्फत नवनिर्माण गर्न सकिने बताउनुभएको छ ।
उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिकोत्सवको अवसरमा बोल्दै खाणले अब बन्ने संबिधानमा सहकारीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारीबाट नै आर्थिक विकास सम्भव भएकाले अब बन्ने संबिधान सहकारीमैत्री बन्ने उहाँको भनाई थियो । ‘सहकारीले साना पूँजी एकीकृत गर्ने भएकाले ठूला निर्माणमा पनि यसको परिचालन गर्न सकिन्छ’ उहाँले भन्नुभयो । साना पूँजीलाई शक्तीमा बदल्न सके नव नेपाल निर्माण गर्न खासै समय नलाग्ने उहाँको भनाई थियो । upalabd
कतिपय सहकारी सिद्वान्त अनुरुप चल्न नसक्दा सिंगो सहकारीको नै बदनाम हुन पुगेकोले खाणले सहकारीले छवी सुधार गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । ‘सहकारीले धेरै रचनात्मक काम गरेका छन् तर एकदुईवटा सहकारीका कारण सहकारीप्रति मान्छेको सोच नकारात्मक बन्न सक्छ, त्यसतर्फ सहकारीले ध्यान दिन जरुरी छ’ उहाँले भन्नुभयो ।
साहित्यकार धुर्व सापकोटाले सहकारीले मान्छेको जीवनस्तर सुधार गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उपलब्धिले साहित्यकारलाई एकीकृत गरी सेवा दिएकोमा खुसी व्यक्त गर्नुभयो ।
उपलब्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवराज मिश्र शर्माले पछिल्लो समयमा सहकारीले बचत तथा ऋणको कारोबार नगरी बहुउद्देश्यीय कारोबार गर्न थालेको बताउनुभयो । बचत तथा ऋणको मात्र कारोबार गर्दा सदस्यको हित गर्न समस्या परेकाले बहुउद्देश्यीय सहकारी सञ्चालन गरेको बताउनुभयो ।
उपलब्धि सहकारीले स्थापना दिवसको अवसर पारेर लाजिम्पाट धोबिचौरमा रहेको आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । संस्थाले यसअघि कमलपोखरीबाट उपलब्धि बचत तथा ऋणको रुपमा कारोबार गर्दै आएको थियो ।
कार्यक्रममा साहित्यकार धु्रवचन्द्र गौतमद्वारा लिखित पुस्तक समग्र कथाहरु विमोचन गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन