स्थापना दिवसको अवसरमा साहित्यिक पुरस्कार
काठमाडौं, साउन ७ ।उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा साहित्यिक पुरस्कार वितरण गरेको छ ।
संस्थाले सो अवसरमा आफ्नै भवनको हलमा विभिन्न कार्यक्रम आयोजना गरी दीप गोविन्द स्मृति सम्मान २०७१ बाट समकालीन नेपाली कथाः समस्या र सन्र्दभ २०७१ समकालीन कृतिका लागि किशन थापा ‘अधिर’लाई र चिसो घाम २०७१ कथासंग्रहका लागि सरु पोखरेललाई दिने प्रदान गरेको छ ।
त्यस्तै ध.च गोतामे स्मृति सम्मान २०७१ बाट नेपाली कथाबारे अनुसन्धान, लेखनमा योगदान पु¥याएवाफत डा।दयाराम श्रेष्ठलाई सम्मान गरको छ । गोपाल गोतामे स्मृृति सम्मान २०७१ बाट सिर्जनात्मक लेखन÷पत्रकारितामा योगदान गरेवाफत जयदेव भट्टराईलाई दिएको छ ।
उपलब्धी बहुउद्देश्यीय सहकारी संस्थाको उपलब्धी साहित्य विकास उपसमितिद्वारा संस्थाको स्थापना दिवसका अवसरमा सम्मान दिइएको हो ।
सो अवसरमा एसएससीमा उत्ृकष्ट हुने सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।