पाउलोनिया खेती विशेष प्राथमिकता


भक्तपुर, । शुभकार्य कृषि सहकारीले पाउलोनिया खेती विशेष प्राथमिकता दिने भएको छ । संस्थाले पाउलोनिया खेतीबारे जनचेतना फैलाउनुका साथै तालिम दिने दिने गरेको छ।
जेनरल एग्रो फरेष्ट्री प्रा।लिसँगको सहकार्यमा तालिमलगायत विविध कार्यक्रम गर्दै आएको छ । जेनरल एग्रो फरेष्ट्री प्रालि प्रबन्ध निर्देशक डा.श्रीधर सुवेदी सहजकर्ता र संस्थाका अध्यक्ष बालमुकुन्द सुवालले पाउलोनिया खेतीबारे प्रशिक्षण दिनुभएको थियो ।
जापान, अमेरिका, चीन लगायतका देशहरुमा पाउलोनिया खेतिलाई कृषि व्यवसायका रुपमा खेति गरेको पाइन्छ । एकपटक रोपेपछि ५ पटकसम्म काट्न सकिने र यसको काठले झ्यालढोका, फर्निचर, खेलौना, हस्तकलाका सामग्री, वाद्यवादन, डुंगा, पानीजहाज, हवाईजहाज, घर लगायत अन्य औद्योगिक क्षेत्रमा प्रयोग भएको पाइन्छ ।
हलुका, बलियो, पानीले नबिग्रने, नफुट्ने उच्च मूल्य जस्ता गुण भएको कारण पाउलोनिया काठको माग विश्व बजारमा दिन प्रतिदिन बढ्दो अवस्थामा छ । एउटा पाउलोनियाको रुखबाट एक पटकमा सामान्यता २०–५० हजारसम्म ९कम्तिमा २५–४० क्युफिट काठ० आम्दानी लिन सकिन्छ । चीनमा मात्र २।५ मिलियन हेक्टर भन्दा बढी क्षेत्रफलमा पाउलोनियाको खेती गरेको पाइन्छ ।
विभिन्न किसिमको भौगोलिक बनावट एवम् वातावरण, कृषियोग्य जमिन कामदारको अभावमा बाँझो हुने क्रम बढ्दो, कृषि एवम् अमुप्पादक क्षेत्रको सदुपयोग हुने, साल, सिसौ, साज, जस्ता प्रजातिको विकल्प हुने सक्ने, अन्तरबाली खेती गर्न सकिने, चिया एवम् कफीको छहारीको रुपमा उपयुक्त हुने, बढ्दो विकासक्रमसँगै काठजन्य सामाग्री बढ्दो माग, अरबौं मूल्यका काठ विदेशबाट आयात भईरहेको अवस्था, विभिन्न स्थानमा गरिएको वृक्षारोपण सफल भएको अवस्था, चुरे महाभारत एवम् पहाडी क्षेत्रको भू–क्षय नियन्त्रण एवम् संरक्षणमा उपयोगी, माउरीपालान एवम् पशुपलानको लागि उपयोगी भएको हुँदा पाउलोनिया खेतीको प्रशस्त सम्भावना रहेको छ ।
हाल नेपालका करिब ४१ जिल्लामा पाउलोनियाको परीक्षण खेती भईरहेको छ ।
संस्थाका अध्यक्ष बालमुकुन्द सुवालले भक्तपुरमा कृषकहरुको संख्या अत्यधिक भएता पनि सो क्षेत्रमा काम गर्ने संस्था कम भएको कारण कृषक र विशेषज्ञको समन्वय गर्ने बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन