सहकारी अनुगमन गर्न छुट्टै संयन्त्र


काठमाडौं
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले सहकारी अनुगमन गर्न छुट्टै संयन्त्र बनाउने बताउनुभएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर नेपालले सहकारी तथा बित्तीय क्षेत्रको अनुगमन गर्न छुट्टै संयन्त्र आवश्यक भएको बताउनुभएको हो ।
नियमनका लागि छुट्टै संयन्त्र बनाउने तयारी भइरहेको बताउनुभएको हो ।
अहिले सहकारीको अनुगमन सहकारी विभागले गर्दै आएको छ । सहकारी विभागले अनुगमन गरेपनि प्रभावकारी हुन सकेको छैन् । सहकारीको अनुगमन छुट्टै निकायले गर्न सहकारीको विकृति अन्त्य हुन सक्ने विज्ञहरु बताउँछन् ।

मौद्रिक नीतिमा छुट्टै संस्था बनाउनका लागि ऐनको मस्यौदा तयार गरेर सरकार समक्ष पेश गरिने बताइएको छ । । सहकारीमा सर्वसाधारणको धेरै रकम ठगिएको भन्दै बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि छुट्टै नियमनकारी संयन्त्र गठनको आवाज उठेको थियो ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा सुपरीवेक्षणका लागि कानुनी तथा नीतिगत व्यवस्था गरिने चालु आर्थिक वर्षको बजेटमा समेत उल्लेख गरिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न