सिराहाका अधिकांश सहकारी निश्क्रिय


सिराहा सिराहमा सहकारी दर्ता हुने क्रम थोरै छ । दर्ता भएका पनि अधिकांश सहकारी निश्क्रिय छन् । आपसमा मन नमिलेपछि एंव दर्तापश्चात सहकारी सञ्चालनमा कठिनाई भएपनि यहाँ नाममात्रका सहकारी छन् ।
डिभिजन सहकारी कार्यालय लाहानका अनुसार सिरहाका २ सय ३२ सहकारीमध्ये सयको हाराहारीमा मात्र सक्रिय छन् । कार्यालयका अनुसार सिरहा र सप्तरीमा ७ सय १३ सहकारी दर्ता छन् । तीमध्ये सिरहामा २ सय ३२ र सप्तरी जिल्लामा एक सयको हाराहारीमा मात्र सहकारी सक्रिय छन् । दर्ता भएका अन्य सहकारी निष्त्रिmय अवस्थामा रहेको बताइएको छ ।
महिला बढी क्रियाशील भएका सहकारी मात्र सही ढंगले सञ्चालन भएका छन् । महिला मात्र सञ्चालक तथा सदस्य भएर सञ्चालित सहकारी पनि उदाहरणीय काम गर्दै आएका छन् ।
सिरहामा महिलाद्वारा सञ्चालित धनगढीस्थित बुद्ध बचत तथा ऋण सहकारीको लगानी र कारोबार राम्रो देखिएको छ । आधा सेयर हिस्सा महिला रहेको श्रमजीवी बचत तथा ऋण सहकारी जिल्लामा गनिने सहकारीमा दरिन्छन् ।

कृषि, स्वास्थ्य, सञ्चार, दूध उत्पादन, उपभोक्तालगायत सबै प्रकृतिका सहकारीले बचत तथा ऋणको मात्रै कारोबार गर्दै आएकाले विकृति देखापरेको छ । सरकारद्वारा अनुदान लिएका सुपथ मूल्यका सहकारीसमेत अनुदान लिएपछि बन्द भएकाले सहकारीप्रति नकारात्मक सोचाइ बढेको सञ्चालकहरूको भनाइ छ ।
लगभग ६ दशकअघिदेखि मुलुकमा सहकारिताको अभ्यास सुरु भए पनि यति लामो अवधिसम्म पनि उल्लेख्य प्रगति नभएको डिभिजन सहकारी कार्यालयका सहायक सहकारी निरीक्षक फडिन्द्र विश्वकर्माले बताए ।
सहकारी नफस्टाउनुमा गुणातत्मकभन्दा संख्यात्मक वृद्धि हुनु, जुनुसुकै प्रकृतिको संस्था भए पनि बचत तथा ऋणको मात्र कारोबार हुनु, सहकारितासम्बन्धी अध्ययनको कमी हुनु, सहकारी ऐन, नियम र मापदण्डलाई अधिकतम रूपमा पालना नगरिनु, अनुदानको आशामा मात्र संस्था खोल्ने प्रवृत्ति, सहकारी सञ्जालमा राजनीतिकरण र न्यून गतिविधि हुनु तथा सहकारी विवादको अखडा बन्नु नै खुलेका सहकारी दिगो हुन नसकेको विश्लेषकको भनाई छ ।
सिरहा र सप्तरीका सहकारीले आफ्नो स्वीकृत कार्यक्षेत्रभित्र सीमित रहेर र सदस्य केन्द्रित भएर काम गर्नमा भन्दा पनि गैरसदस्य र कार्यक्षेत्र बाहिर गएर कारोबार बढाएको पाइन्छ । सहकारी मापदण्ड २०६८ मा भएको व्यवस्थाअनुसार एउटा संस्थाले बढीमा ५ गाविससम्म र नगरपालिका भए बढीमा नगरपालिकाभरि कार्यक्षेत्र कायम गरी त्यसभित्र मात्र कारोबार गर्न पाउँछ । यहाँका सहकारीले मापदण्ड विपरीत कार्य गरेको पाइन्छ । तर यहाँका सहकारीको ध्यान अन्यत्रै मोडिएको छ । सिद्वान्त अक्षरश पालन गर्न सकेका छैनन् ।
डिभिजनका सहायक निरीक्षक विश्वकर्माले गैरसदस्यहरूसँग कारोबार गर्नुहुँदैन भनेर बारम्बार भन्दा पनि कतिपयले बेवास्ता गरेर विकृति बढाइरहेको जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन