६८ निश्क्रिय सहकारी कालोसूचीमा


महेन्द्रनगर, साउन ११ । सहकारीको सिद्वान्तअनुरुप सञ्चालन हुन नसकेका सहकारी पछिल्लो समयमा दर्ता खारेजको लहर चलेको छ । डिभिजन सहकारी कार्यालय महेन्द्रनगरले ६८ वटा सहकारी संस्थालाई निष्क्रियको सूचीमा राखेको छ ।
प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीलाई कार्यालयले निष्क्रिय सहकारीको सूचीमा राख्ने सहकारीको प्रावधान छ । निष्क्रियको सूचीमा कञ्चनपुरका ३४ र डडेल्धुराका ३४ गरी ६८ सहकारी परेको सहकारी डिभिजन कार्यालयका योजना शाखाका सहकारी निरीक्षक केशवराज लेखकले बताउनुभयो ।
निष्क्रियको सूचीमा समावेश भएका सहकारी संस्थालाई कार्यालयबाट उपलब्ध हुने सेवा सुविधा उपलब्ध नदिने उहाँको भनाई थियो ।
आव ०७१र७२ मा कार्यालयको मातहतमा रहेका डडेल्धुराका २८ र कञ्चनपुरका १ सय ९० सहकारी संस्थाले लेखापरीक्षण स्वीकृति पाएकामा डडेल्धुराका ४५ र कञ्चनपुरका १ सय ८४ सहकारी संस्थाको मात्रै लेखापरीक्षण प्रतिवेदन बुझाएका थिए ।

निष्क्रिय सहकारीको सूचीमा समावेश गरिएका लेखापरीक्षण नगर्ने र सहकारी दर्ता, अनुगमन तथा नियमन मापदण्ड मिच्ने सहकारीलाई सहकारी ऐनअनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।

कञ्चनपुरमा ३ सय ८४ र डडेल्धुरामा १ सय ८४ गरी ५ सय ६८ सहकारी सञ्चालनमा रहेका छन्


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक