झापाका सहकारीको कारोबार बढ्यो


झापा, साउन ११ । झापामा सञ्चालित अधिकांश सहकारीले आफ्नो कारोबारको दायरा बढाएका छन् । उनीहरुले विगतको तुलनामा कारोबार बढाएका हुन् ।
आठ सय ५० वटा सहकारी संस्थाले यस वर्ष एक अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेका छन् ।
डिभिजन सहकारी कार्यालयका अनुसार यसबाट २१ करोड नाफा भएको छ । सामाजिक र आर्थिक रुपान्तरणको माध्यम बन्दै गएको सहकारीमा दुई अर्ब सेयर पुँजी र सात अर्ब बचत रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले बताउनुभयो ।

जिल्लामा सञ्चालित सहकारीमा तीन लाख ५० हजार मानिस आबद्ध रहेका छन् भने दुई लाख ५० हजार महिलाको सहभागिता रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस