भूकम्पपीडितलाई जस्तापाता वितरण
काठमाडौं, साउन १३ ।
सहकारीकर्मी तथा राजनीतिज्ञहरुले भूकम्पपीडितहरुलाई जस्तापाता वितरण गरेका छन् । गत वैशाख १२ गतेको महाभुकम्पबाट अति प्रभावित काठमान्डौ र ललितपुरको विभिन्न स्थानमा गएर उहाँहरुले प्रति व्यति २ बन्डेलका दरले जस्तापाता वितरण गर्नुभएको हो।
नेपाली कांगे्रसका केन्द्रिय सदस्य एंव पूर्वमन्त्री रामकृष्ण ताम्राकार र सहकारीकर्मी मोहन बस्नेत, पूर्व मन्त्री सुरेश मल्ल, नेपाली कांगे्रस काठमाडौं जिल्ला सदस्य शान्ताप्रसाद शिबाकोटीको सक्रियता एवं अशोक गुप्ता र मट्टु अग्रवालको सहयोगमा जस्तापाता वितरण गरिएको हो।
ललितपुर लामाटारका ४८ जना भूकम्प पीडितलाई प्रति व्यक्ति दुई वन्डेल वितरण गरिएको थियो । त्यस्तै काठमाडौंका सितापाइला, दहचोक, रामकोट र भीमढुंगाका दशदश जना भूकम्पपीडितलाई प्रति व्यक्ति दुई वन्डेल जस्तापाटा वितरण गरिएको थियो ।