दूध उपभोगविहीन


रसुवा साउन । भूकम्पपछि विभिन्न दाताबाट राहत स्वरुप प्राप्त प्याकिङ दूध उपभोगविहीन भएको छ ।

राहत सङ्कलन व्यवस्थापन तथा वितरण व्यवस्थापन समितिका सहसंयोजक एवम् जिविस रसुवाका योजना तथा प्रशासकीय अधिकृत भीमकान्त पौडेलका अनुसार भूकम्पपछि विभिन्न दाता संस्थाबाट प्राप्त करिब १ सय ५० कार्टुन विभिन्न ब्रान्डका दूध जिल्ला स्वास्थ्य कार्यालयले बालबच्चामाझ वितरण गर्न नमिल्ने बताएको छ ।
राहतस्वरुप प्राप्त सबै दूध गोदाममा मौज्दात राख्नुपरेको र कसरी उपभोगमा ल्याउने भन्ने अन्योल भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले भने स्वास्थ्य मन्त्रालय बाल स्वास्थ्य महाशाखाको निर्देशनमा प्रकोप समितिलाई सुझाव दिएका कारण भण्डारण मौज्दात रहेको बताइएको छ ।

स्वास्थ्य कार्यालयका प्रवक्ता नारायणप्रसाद पौडेलले वृद्धवृद्धाले उपभोग गर्न मिल्ने भएपनि वृद्धले उपभोग गर्दा बच्चालाई टुलुटुलु हेराएर खान नसकिने र वितरण गर्नासाथ बालबच्चामा पुग्ने भएकाले उपभोगमा ल्याउन बृहत् छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक