भूकम्पले दूध उत्पादनमा कमी


बनेपा,साउन १४। भूकम्पले दूध उत्पादनमा कमी ल्याएको छ । भूकम्पका कारण काभ्रेपलाञ्चोकमा झन्डै १० प्रतिशतले दूधको उत्पादनमा कमी आएको छ ।

पशु, चौपायाका लागि गोठ व्यवस्थापनको अभाव, दाना तथा आहारको कमी र दुधालु पशु, चौपाया भूकम्पका कारण मरेकाले भूकम्प गएको तीन महिना बितिसक्दा पनि दूधको उत्पादन पहिलेकै अवस्थामा फर्कन नसकेको जिल्ला पशुसेवा कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।

भूकम्प गएका बेलामा भन्दा अहिले केही वृद्धि भएपजि अपेक्षाकृत उत्पादन बढ्न सकेको छैन् । जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले भूकम्पपछि पशुपालनमा कमीब आएको बताउनुभयो ।

जिल्लामा भूकम्पअघि दैनिक चार लाख लिटर दूध उत्पादन हुने गरेको र उत्पादित दूधमध्ये दुई लाख १० हजार लिटर दूध काठमाडौँ निर्यात भई त्यसबाट काभ्रेपलाञ्चोकमा झन्डै दैनिक रु एक करोड ५० लाख भित्रिने गरेको जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

पशु चिकित्सक सापकोटाले उत्पादनशील पशुबाट दूधको उत्पादन बढाउन पशुपालनको पकेटक्षेत्रमा करिब सात हजार किसानलाई पशु भिटामिन, मिनरललगायतका राहत प्याकेज वितरण भएको जानकारी दिँदै २० वटा गाविसमा भूकम्पबाट प्रभावित पशु, चौपायाका लागि राहत, उद्धार र पुनःस्थापनाको कार्यक्रम सुरु भएको बताउनुभयो ।

उहाँले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोकको चण्डेनीमण्डन, साठीघर भगवती, गैरीविसौना, देउपुर, नाल्दुम, टुकुचानाला, उग्रताराजनागाल, महेन्द्रज्योति, ज्याम्दीलगायतका गाविसमा सो कार्यक्रम हेफर इन्टरनेसनलको सहयोगमा सञ्चालन भइरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर