सहकारी निश्क्रिय हुने क्रम बढ्यो



भद्रपुर
लगातार निश्क्रिय भएका सहकारीको दर्ता खारेज बढ्दो छ । सहकारीले आफ्नो सिद्वान्तअनुसार चल्न नसेपछि दर्ता खारेजी हुनेक्रम बढ्दै गएको हो ।
डिभिजन सहकारी कार्यालय झापाले आव २०७०/७१ मा आठवटा र आव ०७१/७२ मा २८ वटा सहकारी खारेज गरेको छ।दुई आवदेखि आफूले गरेको आर्थिक कारोबारको मासिक विवरण, लेखापरीक्षण प्रतिवेदन तथा साधारणसभाको प्रतिवेदन नियमितरूपमा रजिष्ट्रारको कार्यालयमा पेस नगर्ने सहकारी संघसंस्थालाई खारेजी गरिएको कार्यालयले जानकारी दिएको छ ।
सहकारी ऐन २०४८ तथा सहकारी दर्ता, सञ्चालन, लेखापरीक्षण तथा नियमनसम्बन्धी मापदण्ड २०६८ मा प्रत्येक सहकारी संघसंस्थाले कारोबारको विवरण तथा अन्य विवरण तोकिएको समयभित्र तोक्नुपर्ने नियम छ ।
खारेजी भएका सहकारी संस्थामा कृषि ७, दुग्ध ५, बचत तथा ऋण २, तरकारी तथा फलफूल सहकारी ३, जडिबुटी २ र उपभोक्ता २ सहकारी दर्ता भएका छन् । त्यसै गरी सुपारी, कुखुरापालन, जल उपभोक्ता, प्रकाशन सहकारी १÷१ वटा गरी २८ वटा सहकारी खारेज गरिएको डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधव पोखरेललेको भनाई छ ।
जिल्लाका ३ सय २५ कृषि सहकारीमध्ये जागरुक सुरुंगा, सुनगाभा गौरादह, तेलगानी गरामनी, खालवारी गरामनी, पिपलचौक बुधबारे, सौगात पथरिया र परिकल्पना शान्तिनगर खारेजी भएको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी २४ दुग्ध उत्पादक सहकारीमध्ये नेपाल दुग्ध उत्पादक सहकारी बुधबारेका दुईवटा, तोपगाछी, शरणामति एक÷एक र कृष्ण दुग्ध उत्पादक सहकारी टागनडुब्बा खारेजी भएका छन्। खारेजीमा तरकारी तथा फलफूल उत्पादक सहकारीमा अविनाश शान्तिनगर, दिव्य खुदुनाबारी र चिसेनी लखनपुर रहेको डिभिजन प्रमुख पोखरेलले जानकारी दिनुभयो।
जिल्लाका २ सय ९१ बचत तथा ऋण सहकारीमध्ये ग्रामीण गौरादह र पुष्पाञ्जली अनारमनी खारेज भएका छन्। खारेज भएका अन्य विषय र प्रकृतिका सहकारी संस्थामा गौरादह ग्रामीण विद्युत्, अर्जुनधारा शनिश्चरे ग्रामीण विद्युत् सहकारी, झापा कृषक बहुमुखी सहकारी सतासीधाम, चेतना प्रकाशन सहकारी अनारमनी, सयपत्री जल उपभोक्ता सहकारी सतासीधाम, दियालो कुखुरापालन सहकारी चारपाने, समय सुपारी उत्पादक सहकारी मेचीनगर, गाउँ जागरण उपभोक्ता सहकारी धरमपुर, समाजसेवी उपभोक्ता सहकारी शरणामती रहेको पोखरेलको भनाई छ । डिभिजन सहकारी कार्यालयले यसअघि स्थानीय सञ्चारमाध्यामबाट ३५ दिने सार्वजनिक सूचनामार्फत जिल्लाका निश्कृय १ सय ४३ वटा सहकारी संस्थालाई खारेजीतर्फको कारबाही अघि बढाइएकाले डिभिजन सहकारी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेपनि अधिकांश सहकारी सम्पर्कमा आएनन् । खारेजीको सूचीमा भएका ५० वटा संस्थाले सम्पर्क गरेकामध्ये धेरैजसो सहकारीले कारोबारको विवरणहरू बुझाएका बुझाएर दर्ता खारेज हुनबाट जोगिएका छन् । ती सहकारीहरुलेब लेखापरीक्षण स्वीकृति समेत लगिसकेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर