सहकारीमार्फत तरकारी उत्पादनमा जम्दै


दाङ
सहकारीमा लागेपछि यहाँका सहकारीकर्मीहरु उत्साहित भएर व्यवसायिक उत्पादनतर्फ लागेका छन् । दाङको त्रिपुर नगरपालिका–११ दुन्द्रामा रहेको महिला समूहले तरकारी उत्पादन गरी पहिलो पटकमै १३ लाख रुपियाँभन्दा बढीको तरकारी बिक्री गरेको छ । सहकारीमा आबद्व महिलाहरुले सानासाना छुट्टै समूह बनाएर पनि तरकारी उत्पादन गर्ने गरेका हुन् ।
बागेश्वरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाले दुन्द्रामा ताजा तरकारी उत्पादनका लागि ७ बिघा जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको छ। सहकारीमा २५ जना सदस्य रहेकोमा एकजना बाहेक सबै महिला छन् । अधिकांश महिलाका परिवारहरु पनि तरकारी खेतीमा क्रियाशील छन् ।
सहकारीका प्रबन्धक शारदा डिसीले सुरुमा भिन्डी खेती गरिएको र राम्रो उत्पादन भएको जानकारी दिनुभयो । करिब ६ क्विन्टल भिन्डी उत्पादन भएकोमा ५ क्प ७० किलो बिक्री गरिएको समूहले जनाएको छ । खेतबारीमा अहिले पनि भिन्डी उत्पादन हुने क्रम जारी छ । पहिलो सिजनमा १३ लाख ४० हजार तीन सय रुपियाँ भिन्डीको बिक्रीबाट जम्मा भएको छ ।
हामीले उत्पादन गरेको तरकारी घोराही, तुल्सीपुर लगायतका बजारमा पु¥याउँदै आएका छौं, प्रबन्धक डिसीले भन्नुभयो, वार्षिक एकलाख ५४ हजार रुपियाँ बुझाउने गरी पाँच वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गरेका हौं ।
पहिलो पटक भिन्डी खेती थालेको समूहले वर्षमा तीन सिजनमा तरकारी खेती गर्ने योजना बनाएको छ । भिन्डी सकिएपछि टमाटर, काउली र बन्दाको व्यावसायिक खेती गर्ने तयारी समूहको छ ।
साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको नौ लाख ४९ हजार ८५० रुपियाँको अनुदानमा महिला समूहले दुन्द्रामा व्यावसायिक तरकरी खेती सुरु गरेको हो । आयोजनाको नेपालगञ्जस्थित कार्यालयका निर्देशक गोकर्ण अर्यालले महिला समूहले व्यावसायिक तरकारी खेतीबाट राम्रो लाभ लिन सक्ने देखिएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन