नमूना सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं,
नमूना बहुउद्देश्यीय सहकारी संस्थाको एकीकरण पछिको दोस्रो साधारणसभा सम्पन्न भएको छ । सिन्धुली जिल्लाको डाढी गुराँसे गाविसमा स्थापना भएको नमूना सहकारीको कारोबार डेढ करोडवाट उकालो लागेको छ ।
२०५१ सालमा आदर्श बहुउदेश्यीय सहकारी संस्थाको रुपमा डिभिजन सहकारी कार्यालय धनुषमा दर्ता भइ संचालनमा आएको उक्त सहकारी गर्त वर्ष सिन्धुलीको नमूना कृषी सहकारी संस्थासंग एकिरण भएको थियो । एकीकरणपश्चात नमूना बहुउदेश्यीय सहकारी संस्थाको नामबाट संचालनमा आएको हो ।
सहकारी संस्था आवमा १ करोड ५८ लाख ८ हजार ८ सय ४१ कारोबार गरेको छ । संस्थाका अध्यक्ष खडानन्द तिमल्सिनाले संस्थामा १ सय ५० महिला र २ सय ५३ पुरुष र समूह संख्या ११ रहेको छ । संस्थामा शेयर रकम रु २५ लाख ,७८ हजार ८ सय र बचत रकम ५८ लाख१० हजार ५ सय १५ रहेको छ । त्यस्तै बाह्य ऋण ६३ लाख ७५ हजार र शेयर सदस्यहरुलाई १करोड ४४ लाख ३८ हजार १ सय ४४ गरी यस आवमा ऋण लगानी गरेको छ ।
संस्थाले ५ लाख ५१ हजार ८ सय २८ संचालन मुनाफा आर्जन गर्न सफल भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस
चिनारी साकोसको आयोजनामा PALM कार्यशाला