संविधानपछि कृषि क्रान्ति: उपप्रधानमन्त्री सिंह


काठमाडौं, साउन २१ । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानपछि कृषि क्रान्ती हुने बताएका छन् ।

बल्खु तरकारी बजारको नयाँ भवनको उद्घाटन गर्र्दै सिंहले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । संविधानपश्चात कृषिको विकास पहिलो प्राथमिकतामा पर्ने उनले आश्वासन दिए । कृषिको विकास बिना देश उभो नलाग्ने भन्दै उप–प्रधानमन्त्री सिंहले कृषिको व्यवसायीकरणमा जोड दिनुपर्ने बताए ।
नेपाल कृषि प्रधान देश भएता पनि कृषिमा परनिर्भरता बढ्नु दुःखद भएको उनको भनाई थियो । ‘कृषि उत्पादन बढाउन जरुरी छ, कम्तीमा कृषि प्रधान देशमा कृषिमा आत्मनिर्भर बनाउन सकियो भने हाम्रो अर्थतन्त्रले धान्न सक्छ’ उनले भने ।

3tarkari
सरकारले यस्ता तरकारी बजारको विकासमा सहयोग गर्ने उनले प्रतिबद्वता व्यक्त गरे । ‘हामी संबिधान निर्माण क्रममा छौं, केही समयभित्र संबिधान जारी हुनेछ’ उनले भने ।
सीमांकनसहितको संविधान जारी गर्न आफूहरु गृहकार्यमा जुटेको उनले जानकारी दिए । सबैलाई मान्य हुने अग्रगामी संविधान निर्माण हुनेछ, संविधान जारी भएपश्चात सबैले संविधानमा अपनत्व महशुस गर्ने छन्’ उनले भने ।
उप–प्रधानमन्त्री सिंहले कृषि प्रणालीमा युवालाई आकर्षित गर्न सरकारले आकर्षक कार्यक्रम ल्याउनुपर्ने बताए । बेरोजगारको समस्याका कारण अहिले दैनिक १५ सय बढी युवाहरु विदेशिन बाध्य भएका छन्, उनीहरुलाई कृषिमा आकर्षित गरिनुपर्छ’ उनले भने ।
बल्खु कृषि तथा तरकारी बजार समितिका निर्देशक मोहन बस्नेतले बजारको बिस्तारले तरकारीको क्षेत्रमा थप रचनात्मक काम भएको बताए । उनले नयाँ भवन निर्माण भएसँगै १ सय ५ जना व्यवसायीले थप स्टल राख्न पाएको जानकारी दिए । यसअघि ३ सय व्यवसायीले स्टल राखेका थिए ।

2tarkari

नयाँ भवनमा सोलार जडान गरिएको छ । लोडसेडिङले समस्या ल्याएपछि बजारमा सोलार प्रयोग गरिएको हो । त्यस्तै सरसफाई गर्न पनि नयाँ प्रविधि अपनाइएको छ । जसले गर्दा फोहोर दुर्गन्धित हुदैँन भने कम्पोष्ट मल पनि बिक्री गर्न सकिन्छ ।

6tarakari2tarkari1tarkari5tarkari


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक