एक वर्षमा बीस सहकारी थपिए


प्यूठान,साउन २५  । पछिल्लो एक वर्षमा प्यूठानमा २० वटा सहकारी थपिएका छन् ।

जिल्लामा आर्थिक कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको सङ्ख्या बढ्दै गए पनि गाँउकेन्द्रित सहकारी खोल्ने दरमा कमी नआएको सहकारी डिभिजन कार्यालय घोराहीले जनाएको छ । जिल्लामा सहकारीको सङ्ख्या १७७ वटा पुगेको छ ।

सहकारी डिभिजन प्रमुख विनोद पौडेलका अनुसार हालसम्ममा तीन करोड ९५ लाख ७१ हजार ५०० रुपैैयाँ सेयरपुँजी जम्मा गरेका छन् । त्यस्तै ३० करोड ५० लाख २० हजार ६२४ रुपैयाँ सहकारीमार्फत बचत तथा ऋण काराबार भएको छ । जिल्लाका सहकारीले हालसम्ममा ३९ करोड ६१ लाख ८२ हजार ३६० रुपैँया विभिन्न स्थानमा लगानी गरेका छन् ।

जिल्लामा फूलबारी वचत तथा ऋण सहकारी संस्था खैरा, सिद्धार्थ सामुदायिक बचत तथा ऋण सहकारी संस्था दाखाक्वाडी, नवसिद्धार्थ बचत तथा ऋण सहकारी र साहारा बचत तथा ऋण सहकारी संस्था सबैभन्दा धेरै आर्थिक कारोबार गर्ने सहकारीका रुपमा रहेका छन् । दाङले रु २ अर्ब १६ करोड ४२ लाख २७ हजार, प्यूठानले रु ३९ करोड ६१ लाख ८२ हजार ३६० र सल्यानले २० करोड १३ लाख १० हजार ३३८ रुपैैँया सहकारीमार्फत लगानी गरेका छन् ।

त्यस्तै रुकुमले रु १३ करोड ३७ लाख ४७ हजार २७५ र रोल्पाले १० करोड ६७ लाख ६९ हजार २१० रुपैैयाँ सहकारीमार्फत लगानी गरेको पौडेलले बताउनुभयो । प्यूठानमा विसं २०३५ मा पहिलोपटक जनता सहकारी संस्था विजुवार स्थापना भएको थियो । जिल्लाका सहकारीमा १५ हजार ५६६ महिला र १० हजार ८७१ पुरुषको प्रत्यक्ष संलग्नता रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर