नेपालीले भात धेरै खाएर पनि धान खपत बढी –उपप्रधानमन्त्री गौतम


 काठमाडौं, २७ साउन । उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले कृषिको व्यवसायीकरणमा युवा परिचालन गर्न सके मात्र देश कृषिमा आत्मनिर्भर बन्न सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको सन्र्दभमा युवा किसान संघ नेपालद्वारा आयोजित धान बचाउँ अभियान कार्यक्रममा बोल्दै गौतमले युवा कृषिमा लाग्न अत्यावश्यक भइसकेको बताएका हुन् । युवा पलायन बढ्दै जादाँ कृषिमा परनिर्भरता बढ्दै गएको र भोकमरी लाग्न सक्ने उनको भनाई थियो । नेपालीको भात खाने संस्कृतीका कारण चामल आयात बढ्दै गएको उनले गुनासो गरे । ‘चामलको सट्टा अरु खान सकिन्छ, हामीमा भाते संस्कृति विकास भयो’ उनले भने । धानसँगै गहुँ, मकै, कोदोलगायतका अन्य खाद्यान्न मिलाएर खान सके धान बचाउन सकिने उनको भनाई थियो । ‘नेपालीले भात धेरै खाएर पनि धान खपत बढी भएको उनले तर्क गरे । धान उत्पादन वृद्वि गर्न उच्चस्तरको प्रविधि बिकास गर्न आवश्यक भएको कृषि मन्त्रीसमेत रहेका गौतमले बताए । एस आर आई प्रविधिका माध्यमबाट तीन गुणाबढी उत्पादन धान लगायत अन्य उत्पादन बढाउन सकिने उनले जानकारी दिए । धान बचाउन कृषियोग्य जमिनको पूर्णरुपमा सदुपयोग हुनुपर्ने उनको भनाई थियो । सिचाई असुविधाका कारण धेरै खेतीयोग्य जमिन बाँझै हुने गरेको उनले जानकारी दिए । जग्गा प्लाटिङ गरी बेच्नेले खेतीयोग्य जमिन मासेको उनले प्रतिक्रिया दिए । ‘अब भूउपयोग नीति कडाईका साथ लागि गरिन्छ, कृषि उद्योगभन्दा अरुलाई कम प्राथमिकता दिनुपर्ने छ’ उनले भने । भूकम्पले धेरै क्षती भएकाले युवालाई पूनर्निर्माणमा लगाउनुपर्ने उनको जोड थियो । श्रमशक्तीमा आएका सबै युवाहरुलाई पुर्ननिर्माणमा लगाउन सके देशले छिटो प्रगति गर्न सक्ने उनको भनाई थियो । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आर्थिक क्रान्तीको जग कृषि नै भएको बताए । श्रम बजारमा आउने साढे ४ लाख युवालाई परिचालन गर्न अहिलेको मुख्य चुनौति भएको उनले बताए । अबको शिक्षा कस्तो हुने र युवालाई आर्थिक विकासमा कसरी लगाउने भन्नेबारे बहस आवश्यक भएको उनले बताए । युवाशक्ती उर्जाशील भएकाले युवालाई कृषि क्रान्तीमा परिचालन गर्न सक्नुपर्नेमा उनले जोड दिए । नेकपा एमालेका केन्द्रिय सदस्य साबित्रा भुषालले बेरोजगार युवा व्यवस्थान गर्न सके मात्र देश उभो लाग्न सक्ने बताए । कृषिमा बिचौलिया बढेको चर्चा गर्दै भुषालले कृषि सहकारीमार्फत कृषिको बजारीकरण गर्नुपर्नेमा जोड दिए । पूर्वमन्त्री केशवलाल श्रेष्ठले कृषि प्रधान देश भएतापनि एक खर्बबढी आयात बढ्नु दुःखद भएको बताए । युवा किसान संघका उपमहासचिव बलराम बास्कोटाले अब बन्ने संबिधानमा संबाधानिध किसान आयोग बनाएर किसानका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर