सहकारी खुल्ने क्रमजारी


काठमाडौ, ३ भदौ-पछिल्लो समय ग्रामीण क्षेत्रमा सहकारीको महत्व बढ्न थालेपछि सुनसरीमा सहकारी दर्ता गर्नेको संख्यामा बृद्धि भएको छ ।

आर्थिक २०७१/०७२ मा ५५ वटा नयाँ सहकारी सङ्घसंस्था दर्ता भएका छन् । सूचना तथा सञ्चार सहकारी सङ्घ एक र बचत तथा ऋण सहकारी संस्था १८, कृषि सहकारी संस्था ३२, स्वास्थ्य सेवा सहकारी संस्था एउटा, पशुपालन सहकारी संस्था एउटा र लघु उद्यम सहकारी संस्था दुई गरी ५५ वटा संस्था दर्ता भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीका सहकारी निरीक्षक श्यामप्रसाद दाहालले जानकारी दिए ।
सहरी क्षेत्रमा सहकारी सङ्घसंस्था दर्तामा रोक लगाएको कारण न्यून मात्रामा दर्ता भएको र ग्रामीण क्षेत्रमा बढी मात्रामा दर्ता भएको कार्यलयको भनाई छ । जिल्लामा हाल ६ सय २७ वटा सहकारी सङ्घसंस्था रहेको कार्यालयको तथ्याङ्क छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न