मह व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा


ललतिपुर, भदौ  ४ नेपालमा प्रचुुर संभावना बोकेको मह व्यवसायले अपेक्षाअनुसार गति लिन नसकेको चौतर्फी गुनासो बढिरहेकोमा संसदीय समितिले सरोकारवालासँग छलफल चलाउने भएको छ । व्यवस्थापिका संसदअन्तर्गतको कृषि तथा जलश्रोत समितिले निर्यातको संभावना बोकेको मह व्यवसायका अवसर र चुनौतीकाबारेमा छलफल चलाउने भएको हो । बिहीबार राधजानीमा आयोजित नेपाल केन्द्रिय मह व्यवसायी संघको पाँचौं वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन समारोहलाई सम्वोधन गर्दै कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले यस्तो जानकारी दिएका हुन् । सभापति थापाले भने, महको आयात प्रतिस्थापन गर्दै निर्याततर्फ अग्रसर गराउन सरकारले किसानलाई कस्तो सहयोग गर्नुपर्छ र व्यवसायीले गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनका लागि के गर्न सक्छन् भन्ने वारेमा समितिले सरोकारवालाबीच छलफल गर्नेछ । छलफलमा किसान, व्यवसायी, अर्थ मन्त्रालय, कृषि विकास मन्त्रायल, वाणिज्य तथा आपूर्ति मन्त्रालगायत सबै सरोकारवाला निकायलाई बोलाइने उनले बताएका छन् । कृषि तथा उद्योग क्षेत्रको समस्या समाधानका लागि विगतमा पनि कृषि तथा जलश्रोत समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको सयुक्त बैठक पहल गर्दै आएको उनले बताए ।
कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्राइले निर्याजन्य महको उत्पादन बढाउन सरकार पर्यात्नशील रहेको जानकारी दिँदै आगामी आर्थिक वर्षभित्र हालको १६५० मेटिकटनबाट बढाएर ३ हजार मेट्रिकटन पुरयाउने गरी कार्यक्रम अघि बढाइएको बताए । नेपालीको गुणस्तरण नियन्त्रणका लागि अन्तराष्टियस्तरको परीक्षण प्रयोगशालालगायत पूर्वाधारमा जोड दिइने पनि उनले बताएका छन् । त्यसो त नेपाली मह अन्य मुलुकको तुलनमा गुणस्तरीय रहेको उनको भनाइ छ । नेपाली मह गुणस्तरीय भए पनि अन्तर्राष्टियस्तरको प्रयोगशालाको अभावमा त्यसलाई पुष्टी गर्ने आधार नभएकोले गुणस्तरका बारेमा टिका टिप्पणी हुने गरेको उनले बताए । वातावरण विभागका महानिर्देशक तथा मौरीविज्ञ जगदीशभक्त श्रेष्ठले मौरीपालनबाट महमात्र नभइ मुलुकले चौतर्फीरुपमा फाइदा लिन सक्ने बताए । नेपाल केन्द्रिय मह व्यवसायी संघका अध्यक्ष धर्मराज श्रेष्ठले मौरीपालन व्यवसायको विकास र विस्तारका लागि सरकारले व्यवसायिक मौरीपालनको प्रवद्र्धन गर्नुपर्ने बताए । सो अवसरमा मौरीविज्ञ, किसान तथा व्यवसायीलाई सम्मान गरिएको थियो । साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?