निधी अस्पतालको सदस्यता विस्तारमा एलाईन्स सक्रिय


काठमाडौ ४ भदौ- महेन्द्र नारायण निधी मेमोरियल स्वास्थ्य सहकारी संस्था द्वारा सञ्चालित, महेन्द्र नारायण नीधि अस्पतालको  सेयर सदस्यता विस्तारित गर्न नेशनल को-अपरेटर्स एलाइन्स सक्रिय हुने भएको छ । शुक्रबार एलाइन्स काठमाडौ क्षेत्र नम्बर ७ ले गरेको कार्यक्रममा नेशनल को अपरेटर्स एलाइन्सले सदस्यता विस्तार विस्तार गरी अस्पताललाई स्थापित गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।

कार्यक्रममा एलाइन्सका केन्द्रीय अध्यक्ष डिल्लीराम तिवारीले व्यक्तिगत सदस्यताका लागि अस्पतालको एकलाखको सेयर लिन सकिने जानकारी दिए ।उनले भने ‘प्रवेश शुल्क तथा अन्य कोषका लागि थप ६ हजार सहित एक लाख ६ हजारमा महेन्द्रनारायण नीधि अस्पतालको सदस्य बन्न सकिन्छ ।’ सोही अस्प्तालमा आवद्ध तिवारीले अस्पतालले संस्थागत सेयर सदस्यता लिनकालागि विभिन्न छुटको सुविधा पनि उपलव्ध गराउने जानकारी दिए ।

त्यस्तै अस्पतालका सञ्चालक एवम् नेशनल कोअपरेटर्स एलाईन्स नेपालका महासचिव चन्द्र ढकालले २०६६ सालमा अस्पताल स्थापन भएपछि पछिल्लो भूकम्पका कारणले अस्पतालका आंशिक सेवा मात्र सञ्चालनमा रहेको र चाँडै नै अस्पतालको आफ्नै भवनबाट सम्पूर्ण सेवा उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।hospital

अस्पतालका अध्यक्ष भानुभक्त ढकालले अस्पताललाई बसुन्धरास्थित आफ्नै भवनबाट सञ्चालन गर्दा अनुभवि एवम् दक्ष मेडिकल टिमबाट सञ्चालित गरेर स्वास्थ्यसम्बन्धी आधुनिक र स्तरीय सेवा दिने जानकारी गराए । ढकालले भने, ‘हामी यसै वर्ष देखि पिसिएल नर्सिङको कक्षा पनि सञ्चालन गर्नेछौँ र सिटिइभिटिबाट सम्बन्धन प्राप्त अन्य विषयका कक्षा पनि निकट भविश्यमा सञ्चालन गर्नेछौँ ।

एलाईन्सका केन्द्रीय सदस्य कमलराज अधिकारीले अस्पतालको सदस्यता लिएर सहकारी संस्थाहरूले आफ्ना सदस्यका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने मात्र नभई अस्पतालसँग जोडिन सांगठनिक हिसबले पनि उपयुक्त हुने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न