फस्टाउँदै व्यावसायिक पशुपालन


झापा,भदौ ८। झापामा दिनानुदिन पशुपालन व्यवसाय फस्टाउँदै गएको छ । कृषकहरु पशुपालनतर्फ आकर्षित हुन थालेपछि उनीहरुको आम्दानीसमेत बढेको हो ।

पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रदेखि सहर बजारसम्मका कृषकले एकीकृत पशुपालन व्यवसाय सुरु गरेका छन् । पशुपालक कृषकका लागि सरकारले अनुदान रकमसमेत उपलब्ध गराउन थालेसँगै पशु पाल्ने कृषकको सङ्ख्या बढेर गएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।

बिर्तामोड नगरपालिका–४ निवासी शशीधर हुमागार्इंले पनि एक वर्षदेखि व्यावसायिक गाईपालन सुरु गर्नुभएको छ । उहाँले हुमागार्इं गाई फार्म दर्ता गरेर व्यावसायिक रुपमा गाई पाल्दै आएका छन् ।

विदेशिने सोच रहेका श्रीमानलाई श्रीमतीको सल्लाहबमोजिम फार्म दर्ता गरेर अहिले व्यावसायिक गाईपालन गर्दै आएका हुन् । वाणिज्य बैंकबाट ऋण लिएर झन्डै रु २५ लाख बढी लगानी गरेर उनले गाई फार्म सञ्चालन गरेका हुन् ।

उनको गाई फार्ममा अहिले १६ वटा उन्नत जातका गाई रहेका छन् । श्रीमती र छोराको सहयोगमा हुमागाईंले गाई फार्म सुरु गर्दा दूध बिक्रीको समस्या आउने जनाउँदै छरछिमेकीले डर देखाए पनि अहिले आफूलाई दूध पु¥याउन नै समस्या परिरहेको उनले बताए ।
“विदेश जाने सोच थियो । ऋण काढेर विदेश जानुभन्दा श्रीमतीले यहीँ केही गरुँ भनिन् र गाई फार्म सुरु गरेँ ।”

हुमागाईंले थप्नुभयो, “पहिला दूध नबिक्ला कि भन्ने चिन्ता थियो । अहिले गाउँलेले मागेअनुरुप दूध पु¥याउन सकिएको छैन ।” उहाँले पालेका एउटै गाईले झन्डै बीस लिटससम्म दूध दिने गरेको र उक्त दूध गाउँमै खपत हुने गरेको छ ।

पशुपालन व्यवसायबाटै हुमागार्इंले अहिले घर खर्च कटाएर मासिक रु २० हजार जति बचत गर्ने गरेको बताउनुभयो । हुमागाईं जस्तै झापाकै शनिअर्जुन नगरपालिका निवासी हेमनाथ तिम्सिनाले पनि व्यावसायिक रुपमा गाई पाल्नुभएको छ । बिर्तामोड नगरविकास समितिका नगर निरीक्षकसमेत रहनुभएका उहाँले गाईपालन व्यवसायबाट नै मनग्य आम्दानी लिने गरेको बताउनुभयो ।

उता कनकाई नगरपालिका–२ सुरुङ्गाका नौजना युवकले झन्डै रु एक करोड खर्च गरेर सूर्योदय कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । उक्त फार्ममा ९२ वटा उन्नत जातका गाई पालिएको छ । उक्त फार्ममा ६ जनाले रोजगारीसमेत पाएका छन् ।

यता, राजगढका महिलाले भने नागरिक सचेतना केन्द्र सिमलडाँगीमार्फत व्यावसायिक पशुपालन सुरु गरेका छन् । उनीहरुका घरमा उन्नत जातका गाई र भैँसी पालिएको छ । गाउँका ३० महिलाले पालेका गाई र भैँसीको दूध सङ्कलन गर्दै उनीहरुले आफैँले सञ्चालनमा ल्याएको दूध सङ्कलन केन्द्रमा बिक्री गर्ने गरेका छन् ।

सङ्कलित दूध बिक्री गरेर थप आयआर्जनमा लगाउने जनाउँदै दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको नागरिक सचेतना केन्द्रकी अध्यक्ष गीता मिश्रले बताउनुभयो । जिविसअन्तर्गत रहेको स्थानीय सामुदायिक विकास कार्यक्रम ९एलजिसिडिपी०ले प्रदान गरेको रु तीन लाख १५ हजार अनुदानले उक्त दूध सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

विदेसिन लागेका श्रीमान्लाई समेत रोक्दै उनीहरुले यहीँ पशुपालन व्यवसाय गर्न र मनग्य आम्दानी लिन सकिन्छ भन्दै व्यावसायिक पशुपालन सुरु गरेका हुन् । जिविसले दूध सङ्कलन केन्द्रका लागि रु तीन लाख अनुदान दिएको अध्यक्ष मिश्रले बताउनुभयो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्ना सेयर सदस्यलाई सहुलियत दरमा ऋण उपलब्ध गराउँदै पशुपालन व्यवसाय सञ्चालनका लागि पे्ररित गर्दै आएको छ । उनीहरुले उत्पादन गरेको दूध आफैँ सङ्कलन गर्ने गरेको छ ।

सहकारीले डेरी उद्योग सञ्चालन गरेर कृषकले उत्पादन गरेको दूध लिन सुरु गरेसँगै जिल्लाका अधिकांश कृषक विदेश जान छाडेर यही कृषि कर्ममा लागेका छन् । यहाँका अधिकांश कृषक पशुपालनमा आकर्षित भएसँगै जिल्लामा व्यावसायिक रुपमा पशुपालन व्यवसाय फस्टाउँदै गएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक