‘सहकारीलाई सबल खम्बा रुपमा स्थापित गर्न उत्पादनमा ध्यान देउ’


काठमाडौं, भदौं  । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीलाई सशक्त खम्बाका रुपमा स्थापित गर्न सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
नेपाल दूग्ध सहकारी केन्द्रिय संघ लिमिटेडको २२ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष बडालले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न अपरिहार्य भइसेको बताए । सहकारी गाउँगाउँमा व्यवस्थित गर्दै लैजान सक्ने बताए । दूध उत्पादन उत्पादन र बिक्री वितरणमा मात्र नभई प्रशोधनमा ध्यान दिनुपर्ने बताएका हुन् ।
सभासद् पशुपति चौलागाईले देशमा मिल्क होलिडे हटाउन दूध उत्पादन वृद्वि गरिनुपर्ने बताए । विदेशबाट आयातित दूधको भन्सार दर घटाउनसके मात्र दूध आयत रोकिने र उत्पादन बढ्ने उनको भनाई थियो ।
शक्ती बस्नेतले राज्यले कृषकलाई प्राथमिकता दिन नसकेको बताए । कृषकलाई अनुदानको व्यवस्थापन गर्न सके दूध उत्पादन बढ्ने उनले जानकारी दिए ।
सभासद् बालकृष्ण खाणले सहकारीले आर्थिक विकासमा ध्यान दिन सके मात्र कृषिमा आत्मनिर्भर हुने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक