सदस्यहरूमाझ पुग्दै नीधि अस्पताल


११ भदौ, काठमान्डौ

महेन्द्रनारायण निधि मेमोरिअल सहकारी अस्पतालले आफ्ना सदस्यहरूमाझ पुगी अस्पतालको कार्ययोजना एवम् अवस्थाबारे जानकारी दिने कार्य सुरु गरेको छ । हिजो जोरपाटीमा आयोजित एक कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष भानुभक्त ढकालले यस अस्पताललाई सबै सहकारीकर्मीको अस्पतालका रूपमा अघि बढाउने सोच रहेको बताए। ’धेरै संस्थाले आफ्ना सदस्यको लागि अस्पतालको आवश्यक्ता महशुस गरेका हुन्छन्, ढकालले भने,’तर सबैले अस्पताल खोल्ने भन्ने कुरा सम्भव हुँदैन ।‘ सहकारी संस्थाहरूलाई शेयर सदस्य बनाएर ती संस्थाका सदस्यलाई अस्पतालको सेवा उपलब्ध गराइने ढकालले बताए । सञ्चालक सीताराम काफ्लेले अस्पतालले आगामी मंसिर भित्रमा आफ्नै भावनबाट सेवा प्रदान गर्ने सदस्यहरूलाई जानकारी गराए । त्यसैगरी सञ्चालक चन्द्र ढकालले नीधि अस्पताल सहकारी ऐन अन्तर्गत दर्ता भएको र सहकारीको मूल्यमान्यता अनुरूप चल्ने बताउँदै सदस्यहरूले लगानी गरेको शेयर पूँजी सुरक्षित रहने र भविश्यमा वित्तिय प्रतिफल पनि सदस्यले पाउने बताए । ढकालले भने, ‘अस्पतालले सर्वसुलभ सेवा त दिन्छ नै त्यसमा पनि सदस्यलाई छुट समेत दिन्छ ।‘ अस्पतालका सञ्चालक महेश आचार्यले जोरपाटी क्षेत्रका थुप्रै सहकारी संस्था एवम् व्यक्तीहरू महेन्द्र नारायण नीधि मेमोरिअल स्वास्थ्य सहकारी संस्थाको सदस्य बन्न इच्छुक रहेको वताए । कार्यक्रममा सहभागी भएका सदस्यहरूले अस्पताल सञ्चालनका लागि विभिन्न सुझाव दिएका थिए भने सदस्यता लिइनसकेका सहभागीहरूले व्यक्तिगत एवम् संस्थागत सदस्यता लिने प्रतिवद्दता व्यक्त गरे । कार्यक्रम नेशनल कोअपरेटर्स एलाईन्स नेपाल काठमाडौँ क्षेत्र नं ३ ले आयोजना गरेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन