सेजनको नयाँ अध्यक्षमा अवस्थी


निकटतम प्रतिद्वन्दी चालिसे ३१ मतको फराकिलो अन्तरले पराजित

काठमाडौं, ११ भदौ – नेपाल आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा गोकर्ण अवस्थी चयन भएका छन् । सेजनको आगामी नेतृत्व चयनका लागि आज भएको मतदानमा उहा निकटतम प्रतिद्वन्दी कुवेर चालिसेलाई ३१ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले १ सय ९ मत प्राप्त गर्दा निकतम प्रतिद्वन्दी चालिसेले ७८ मत मात्र पाए । चालिसे र अवस्थी सेजनका पूर्व उपाध्यक्ष हुन् । यसैगरी उपाध्यक्षमा पुष्पराज आचार्य, महासचिवमा मोदनाथ ढकाल, सचिवमा राजाराम श्रेष्ठ विजयी हुनुभएको छ भने कोषाध्यक्षमा भिम गौतम चयन भएका छन् । अन्य सदस्यहरुमा सरस्वती ढकाल, सविन मिश्र, भागवत भट्टराई, सुजन ओली र अनिल परियार विजयी भएका छन् ।
सेजनका २ सय ४९ सदस्यमध्ये २ सय १४ मत मात्रै खसेको थियो । सेजनको १६ औं साधारणसभाले आगामी कार्यकालका लागि १० सदस्य चयन गरेको छ भने बाँकी ३ जना नया कार्यसमितिले मनोनयन गर्नेछ । विजयी भएपछि अध्यक्ष अवस्थी आर्थिक पत्रकारका मुद्दा सम्बोधनका लागि कुनै कसर बाँकी नराख्ने बताए । सात जना आर्थिक पत्रकार मिलेर ०५४ सालमा स्थापना गरेको सेजनमा हाल पत्रपत्रिका, टेलिभिजन, रेडियो र अनलाइनमा आर्थिक विषयमा कलम चलाउने २ सय ४९ जना आर्थिक पत्रकारहरु साधारण सदस्य छन् । सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधान हुन् । उनी हाल प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार छन् । प्रधानपछि गजेन्द्र विष्ट अध्यक्ष भएका थिए । उनी हाल अर्थमन्त्री डा रामशरण महतका प्रेस सल्लाहकार छन् ।
बिष्टपछि गोपाल तिवारी सेजनको अध्यक्ष भएका थिए । हाल उनी नेपाल व्यवसायी मञ्चको सचिवालय प्रमुख छन् । तिवारीपछि अध्यक्ष भएका विजय घिमिरे हाल अमेरिकामा छन् । घिमिरेपछिका अध्यक्ष किरण नेपाल हाल हिमाल खबर पत्रिकाका सम्पादकको रुपमा कार्यरत छन् । नेपालपछि अध्यक्ष भएका नारायण सापकोटा हाल अमेरिका छन् ।
सापकोटापछिका अध्यक्ष प्रदीप चापागाई हाल नेपाल टेलिभिजनमा कार्यरत छन् भने निवर्तमान अध्यक्ष विज्ञान अधिकारी बिजमाण्डूमा कार्यरत छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक