सहकारीमा करसम्बन्धी स्पष्ट व्यवस्था गर्न आग्रह


भक्तपुर । जिल्लास्थित सहकारीकर्मीहरुलाई कर जानकारी दिने उद्देश्यले सम्बन्धी राष्ट्रिय सहकारी बैक लि र आन्तरिक राजश्व कार्यालय भक्तपुरले एक दिने बृहत सहकारी क्षेत्रमा कर विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । कार्यक्रमको उद्घाटन गर्दै आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले राज्य सञ्चालकको लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए ।

मूलुकमा शान्ति, सद्भाव, भाइचारको सम्बन्ध स्थापना गर्न सहकारीको महत्वपूर्ण भएको भन्दै महानिर्देशक शर्माले सहकारीले आर्थिक कारोवार मात्र गर्ने नभई स्थानीयलाई रोजगार, सामाजिक सद्भाव, आयआर्जनमा टेवा, स्वास्थ्य र सामाजिक क्षेत्रमा गरी बहुआयामिक भूमिका निर्वाह गरिरहेकाले सरकारको तीन खम्बे अर्थ नितिमा सहकारीलाई पनि एक खम्बाको रुपमा लिएको बताए ।coop 3

सहकारीलाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न छुट्टै सहकारी मापदण्ड नीति तयारी भइरहेको उनको भनाई थियो । उनले सहकारीलाई एउटा समुदायमा आधारित सहकारी र बहुसमुदायमा आधारित गरि दुई वर्गमा वर्गिकरण गर्नुपर्ने भन्दै एउटा समुदायमा आधारित भएका सहकारीहरुलाई मात्र राज्यले सुविधा उपलब्ध गराउने र कर छुटको व्यवस्था गर्न सकिने गरी स्पष्ट माग गर्न सहकारी आन्दोलनका अगुवाईलाई आग्रह गरेका थिए ।coop 4

राज्य सञ्चालनका लागि आर्थिक संकलन महत्वपूर्ण भएकाले सम्पूर्ण सहकारीलाई करको दायरमा आउनुपर्ने र सोही अनुसार नाफामा २० प्रतिशत कर लगाएको भन्दै महानिर्देशक शर्माले सहकारीलाई कर छुटको व्यवस्था नहुने स्पष्ट पारेका थिए ।

आन्तरिक राजश्व विभागका निर्देशक गोपाल घिमिरेले करले कसैलाई पनि नछाडिने भन्दै सहकारीहरुलाई सरकारको एने र नियम अनुसार नै कर लिने गरेको बताए ।

सहकारी र कर कार्यालयबीच समयसमयमा करका विषयहरुले छलफल र अन्तरक्रिया नभएकै कारण कर चुक्तामा सहकारीहरुलाई केहि अल्मलमा परेको उनको भनाई थियो ।coop 1

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रबन्धक सञ्चालक के.बी. उप्रेतीले समुदायमा आधारित सहकारीलाई राज्यले करको नाममा दोहोरो कर संकलन गर्दै आइरहेकोमा कर कार्यालयले त्यसमा विशेष ध्यान दिन र त्यस्ता सहकारीहरुलाई कर छुटको व्यवस्था गर्न आग्रह गरे ।

राजश्व विभागका कार्यालय भक्तपुरका प्रमुख चन्द्रकुमार श्रेष्ठले कर कार्यालयले कसैलाई पनि दुःख दिने योजना नरहेको भन्दै आप्mनो कार्यकालमा कुनै पनि करदातालाई समस्या भएको खण्डमा त्यसलाई तत्कालै समाधान गर्ने र सहकारी संस्थाहरुको कामकारवाही तथा चुक्ता प्रमाणपत्र तत्कालै उपलब्ध गराउने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका सञ्चालन सरिता भट्टराईले राष्ट्रिय सहकारी बैकको आर्थिक पक्षका विषयमा जानकारी दिदैं सहकारी क्षेत्रमा अझैं पनि कर सम्बन्धी अन्यौलता रहेको बताइन् । उनले सहकारीहरुमा गाविसबाट नयाँ नगरपालिका तथा उपमहानगरपालिका घोषणा भएकोले के कस्तो कर लागु हुने, १ करोड भन्दा बढिको कर्जा लगानीमा दृष्टिबन्धक पास गर्दा मालपोत कार्यालयले एक प्रतिशत कर लिने गरेको, सहकारी संस्थाहरुले सदस्यहरुमा कर्जा प्रवाह गर्दा राखेको धितो लिलामी विक्री गरी दाखिला खारेज गर्दा पुँजीकर लाभकर लिने गरेको, कर चक्ता गरिसकेको रकममा दोहोरा कर लाग्नेलगायत विभिन्न समस्याहरु रहेको जानकारी दिइन् ।

आन्तरिक राजश्व कार्यालय भक्तपुरका कर अधिकृत ऋषिराम पोखरेलले कर सम्बन्धी आप्mनो कार्यपत्र प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा डिभिजन सहकारी कार्यालय भक्तपुरका प्रमुख डेकराज पोखरेल, कोष नियन्त्रक भक्तपुरका प्रमुख हरिप्रसाद पन्थी, राष्ट्रिय सहकारी बैकका नायक महाप्रबन्धक चित्रा सुब्बा, जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष सुरेन्द्रप्रताप शाह, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राधेश्याम सुवाल, नेपाल अडिटर्स एशोसिएशन जिल्ला कमिटिका अध्यक्ष हिरा रत्न बज्राचार्य, उपकार साकोसका अध्यक्ष कृष्णबहादुर घजुलगायतका व्यक्तिहरुले सहकारीहरुलाई कर कार्यालयले विशेष छुट तथा सुविधा दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैक भक्तपुर शाखाका १ सय ६५ वटा सहकारी संस्थाहरुबाट १ सय ३५ जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक