सर्वसाधारणको मन जित्दै सिवाइसी साकोस


२ अर्ब ४४ करोडको कारोबार

बाग्लुङ, भदौं १८ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले बाग्लुङका सर्वसाधारणको मन जित्दै दुर्तगतीमा अगाडी बढेको छ ।

संस्थाले गत आर्थिक वर्षमा २ अर्ब ४४ करोडको कारोबार गरेको थियो । संस्थाले आफ्नै लगानीमा युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरी सदस्यलाई सहुलियतमा ऋण दिएर व्यवसायीक बनाउने गरेको संस्थाले जानकारी दियो ।

संस्था स्थापना भएको ६ वर्ष अवधिमै संस्थाको कुल सम्पत्ती दायित्व ३८ करोड बढी भएको छ । संस्थाले आउँदो वर्ष ५५ करोड पु¥याउने लक्ष्य लिएको छ ।
संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले संस्थाले कृषि, पशुपालन, व्यापार, उद्योग, आवासमा लगानी गरेको बताए । ‘हाम्रा सदस्य सक्रिय भएर व्यवसायमा लाग्नुभएको छ, हामी सहुलियतपूर्ण ऋण दिन्छौं’ उनले भने ।
हालसम्म संस्थाको शेयर पूँजी १० करोड ४९ लाख ९६ हजार ७ सय पुगेको छ । त्यस्तै कुल सम्पती दायित्व ३८ करोड ६१ लाख ९५ हजार १ सय ६० पुगेको छ ।bc6
संस्थाले २० करोड ७४ लाख ९५ हजार ५ सय ५९ निक्षेप गरी ३० करोड ९० लाख १६ हजार ६ सय ८१ कर्जा लगानी गरेको छ ।
संस्थाले जगेडा कोष २ करोड ५ लाख राखेको छ । संस्थाले गत वर्ष २६ लाख ९६ हजार ७० रुपैयाँ सरकारलाई राजस्व बुझाएको थियो ।
संस्थाले गत आर्थिक वर्ष १ करोड ५० लाख ९३ हजार २ सय ५७ रुपैयाँ मुनाफा गरेको थियो ।
संस्थाको १ हजार ९ सय ६० जना सदस्य संख्या रहेको छ । आउँदो आर्थिक वर्षमा ४ हजार ५ सय सदस्य बनाउने लक्ष्य लिएको अध्यक्ष शर्माले जानकारी दिए ।bc3
हालै सम्पन्न कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एंव सभासद् ओमदेवी मल्लले सहकारी ऐन २०४८ संशोधन गरेर समयसापेक्षा बनाउन ढिला भइसकेको बताइन् । सहकारी पादरर्शी हुनुपर्ने र करको दायरामा आउनु सहकारीको कर्तव्य भएको उनले बताइन् ।bc4
नेशनल कोपरेटर्स एलाईनसका सहअध्यक्ष गोबिन्द शर्मा पौडेलले बाग्लुङको सहकारी अभियानले फड्को मारेको बताए । ‘यहाँको सहकारीबाट देशले नै सिको गर्नुपर्छ’ उनले भने । सहकारीको विकासका लागि सिवाईसी उदाहरणी रहेको उनको भनाई थियो ।
कार्यक्रममा सचिव चीरिण्जीवी श्रेष्ठले सांगठनिक प्रतिवदेन र कोषाक्ष संगिता शर्मा पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा संयोजक पदमपाणी शर्माले लेखा संयोजकको प्रतिवदेन प्रस्तुत गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?