साकोस एकरुपता प्रणाली मार्फत वित्तिय सहकारीको सुदृढीकरण


-परितोष पौड्याल –

वित्तिय सहकारी नागरिकहरुको साझा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय विकासको लागि स्वैच्छिक रुपमा लोकतान्त्रिक नियन्त्रण प्रणालीको आधारमा संगठित भएका व्यक्तिहरुको सामाजिक व्यवसाय हो । वित्तिय सहकारीले समुदायलाई सामाजिकीकरण, मावनविकीकरण र व्यवसायीकीकरणका लागि सेवाग्राही सदस्यको स्वामित्व, नियन्त्रण र फाइदाका लागि व्यवस्थापन र विकास गरिएको स्वशासित संगठीत हो । यस्ता संगठनहरुको सन्चालन विश्वव्यापी रुपमा रहेका उत्कृष्ट विधि, नीति र प्रविधिको आधारमा इच्छा, आवस्यकता र चाहनालाई परिपुर्ति गर्र्न कही साझा मान्यताहरुको विकास गरिएको छ । वित्तीय सहकारीहरुको विकासका अविछिन्न रुपमा विकसित हुने भएकाले पनि यसलाई अभियान भनिएको हो । सहकारीताको माध्यमवाट नागरिक समृद्धि हासिल गर्न संस्थागत विकासको चरणलाई द्रुत वनाउँदै अभिायन कम समयमा वढी उपलब्धि प्राप्तिको दिशामा जिम्मेवार र जवाफदेही हुनु पर्दछ । खासगरी वित्तीय सहकारीको वृद्धि र विकासको खाकामा अन्तराष्ट्रिय सहकारी महासंघले छ वटा आयाम अगाडि सारेको छ । सहभागिता, दिगो विकास, पहिचान, पूँजी निर्माण र कानूनी संरचनाको विकासलाई यी विषयलाई समेत आधार वनाएर साकोस अभियानले गुणस्तरीय सुनिश्चिता र इलोक्ट्रोनिक समाधानका नयाँ आयामलाई समयमै संवोधन गर्न वित्तीय सहकारी विधिलाई राज्यले संवोधन कानून मार्फत संवोधन गर्नु पर्दछ । हाल क्रियाशिल रहेका वित्तीय सहकारीलाई राष्ट्रनिर्माण र उत्कृष्ट नागरिकको निर्माणमा प्रयत्नशिल वनाउन समृद्ध नेपालको निर्माण गर्न राष्ट्रिय वचत नीति मार्फत हरेक नागरिकलाई अनिवार्य वचत र वचतको पुँजीकरण गरि उद्यमशिल आयको सुनिश्चिता गरि नागरिकको भविष्यलाई दिगो वनाउनु पर्दछ । वचत गर्ने र ऋण लिने मात्रै होइन मानिस वचत र ऋणको व्यवस्थापनसंग जोडिनु पर्दछ । र यी संस्थाहरु क्रमशः वित्तीय सहकारीको सम्वन्ध संरचना र नाममै प्रतिविंवित हुनु पर्दछ । छरिएर रहेका स्वतन्त्र संघीय सम्रचना Automized Fragmented Network क्रमशः  Federated – intergraded Network को स्थानमा अन्तरसम्वन्धित फेडरेटेड प्रणालीमा जानु पर्दछ । नेपालको जस्तो स्वतन्त्र वहुसंघीय संरचनाले वित्तीय अनुसासन कायम राख्न सकिदैन । संस्थाहरुलाई अनुगमन गर्न सकिदैन । संस्थालाई समुदाय उत्तरदायी र राज्यप्रति जवाफदेही वनाउन सकिदैन । त्यसैले संस्थाहरुलाई सुशासनयुक्त र उत्तरदायी वनाउन अहिलेको कानूनी संरचनामा परिवर्तन गर्नु पर्दछ । हामीले स्वतन्त्र संघीय संरचना अपनाएर दुर्घटनाका सिकार वनेका देशहरु पाकिस्तान, फिलिपिन्स, मलेशिया, इन्डोनेशिया लगाएतका देशहरुवाट पाठ सिक्नु पर्दछ । अन्तरसम्वन्धित फेडरेटेड प्रणाली अपनाएर रचनात्मक वृद्धि र विकास गरेका जर्मनी, फ्रान्स, अस्ट्रिया, निदरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, थाइल्याण्ड, वंगलादेश, यूरुगे, चिल्ली, व्राजिल, दक्षिण कोरिया जस्ता देशहरुवाट समयमै सिको गरेर सो अनुरुपको नेपालको वित्तीय सहकारी सञ्चालनको सन्दर्भमा कानूनी संरचना र पुनसंरचनाको विषयमा हामी गम्भीर वन्नु पर्दछ । यस्तो संरचनामा अन्तरसम्वन्धित फेडरेटेड प्रणालीमा वित्तीय कारोवार गर्ने भएकाले वचत तथा ऋणको हकमा क्रियाशिल रहेको विषयगत जिल्ला संघहरु खारेजी हुन्छन यसको स्थानमा नेफस्कुन जिल्ला समितिहरु क्रियाशील हुन्छन । नाउँ क्रेडिट यूनियन, वित्तिय संस्था अथवा वचत तथा ऋण सहकारी जे दिएपनि संस्थाहरु विसुद्ध वित्तीय कारोवार गर्ने संस्थामा ठाडो संगठन संरचना वन्दछ । यो समितिको संचालन पद्धतिमा नीतिगत रुपमा नेफ्स्कुनको सर्वोच्चता र संगठनात्मक रुपमा स्वतन्त्र संस्थाहरु क्रियाशिल हुन्छन । यस्ता संस्थालाई समन्वय गर्ने राजनीतिक भुगोलको आधारमा समितिहरु निर्माण हुन्छन । कालान्तरमा नेफ्स्कुनको साधारण सभाको प्रतिनिधि पनि सवै संस्थावाट नभएर अन्तरसम्वन्धित फेडरेटेड प्रणालीका समितिवाट निर्वाचित भएर आउने हुन्छ । नेफ्स्कुन विधि, प्रविधि र नीतिको श्रोतकेन्द्रको रुपमा र समितिहरु कार्यकारी अंगको रुपमा कार्य विन्यास हुन्छ । प्रारम्भिक वित्तीय सहकारी संस्थाहरु यो समितिको माताहातमा स्वयत्त रहन्छन । नीतिगत केन्द्रियता र संस्थागत स्वयत्तताको आधारमा संस्था प्रभावकारी सन्चालन, कुशल व्यवस्थापन र उत्कृष्ट पहिचानको साथ स्थापित हुदा समुन्नत सदस्यको विकास मात्रै होइन संस्था देखिने अवान्छित आर्थिक विकृति समाधान हुन्छ । जनतामा वित्तिय सहकारीमाथि विश्वास र भरोशाको अभिवृद्धि हुन्छ यसले सदस्यको वचतमा वृद्धि र जीवनमा समृद्धिको दिशा पक्रिन्छ । अनिमात्र राष्ट्रिय स्वाधीनताको आन्दोलले साकार रुप लिन्छ । राष्ट्रिय स्वाधीनताको जग भनेकै आर्थिक स्वाधीनता हो । आर्थिक स्वाधीनताको धरातल वित्तिय सहकारीहरु नै हुन । साकोस सन्चालन, व्यवस्थापन र विकासमा एकरुपताको लागि राज्य र अभियान जिम्मेवार हुनु पर्दछ । राज्यले सहजकर्ताको भूमीका निर्वाह गर्नको लागि आवस्यक पर्ने कानूनी संहिताको निर्माण गर्नु पर्दछ , भने अभियानको नेतृत्वदायी संघले साकोस सन्जाललाई व्यवस्थापन, सन्चालन र विकासमा एकरुपता प्रणालीको कार्यन्यन गर्नु पर्दछ ।

वित्तिय सहकारीको वृद्धि र विकास साकोसको एकरुपता प्रणालीको अभ्यास विश्वका सफल वचत सहकारी अभ्यासकर्ता मुलुकहरुमा अवलम्वन गरिएको छ । यस मोडेलले केन्द्रमा नीतिगत सर्वोच्चता, कार्यगत स्वायत्तताको आधारमा केन्द्रले तयार गरेको नीति एवम् मार्गदर्शनहरुको पालना गरी आफ्नो संस्थालाई एक सुरक्षित र कुनै निकायबाट निर्देशित एवम् संरक्षित वित्तीय सहकारीको रुपमा पहिचान दिलाउछ । नीतिगत सर्वोचताको लागि संघका सवै संस्थाको प्रतिनीधिले भाग लिएका हुन्छन । संघका सदस्य संस्थाहरु सबै केन्द्रको नेटवर्कमा साहभागि हुन्छन् र केन्द्रले जारी गरेको समयानुकुल नीति, कार्यविधि, वस्तुविविधिकरण एवम् मार्गनिर्देशनहरुलाई स्वीकार गर्दछन् । विशेषगरी सुशासनका नीतिहरु, लेखा अभिलेख, व्यवस्थापकीय क्षमता विकास, प्रविधि प्रयोगमा एकरुपता र वस्तु तथा सेवामा केन्द्रीय संघको नीतिगत सर्वोच्चता रहन्छ भने संस्थाले यसलाई आफ्ना सदस्यहरु सामुलैजाने तौर तरिका एवम् लोकतान्त्रिक तवरले नेतृत्व चयन र संचालनमा स्वायत्तता रहन्छ । यस प्रकार साकोस एकरुपता प्रणालीमा साकोस अभियानको ऐक्यवद्धता प्रदर्शनका लागि केन्द्रीय संघको पहिचान संकेत प्रयोग गर्नुपर्ने हुन्छ र अनिवार्य रुपमा संघको अनुगमनमा रहनुपर्ने साथै निश्चित अवधिमा संघले तोके बमोजिमको ढाँचामा व्यवस्थापन, पहुँच र वित्तीय प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।
यसरी केन्द्रले तयार गरेको प्रविधिको उपयोग मार्फत एकै सञ्जालमा सदस्य साकोसहरु आइसकेपछि अभियानको पहुँच र क्षमता केन्द्रीय संघमा जानकारी हुन्छ र आफ्नो सञ्जालमा परिचालित मानव श्रोत, व्यक्तिगत सदस्यता, पूँजिको अवस्था र आर्थिक विकासमा साकोस क्षेत्रले पु¥याएको योगदानलाई मापन गर्न सकिन्छ । कार्यगत तहमा तत्काल जानकारीहरु केन्द्रमा पुग्ने भएकाले संस्थाको वित्तीय एवम् व्यवस्थापकीय जोखिमको स्थीति प्रति जानकार हुने र तत्काल सम्बोधन गरी निराकरणमा सहयोग पुग्नेछ जस्ले गर्दा वित्तीय क्षेत्रमा कार्यगर्ने साकोसहरु सुरक्षित हुनेछन् र समुदायमा साकोसको छवी उच्च हुनेछ । वित्तिय व्यवसायको सवै क्षेत्रमा अन्तरनिर्भर र अन्तरसम्वन्धित सहकारी वित्त प्रणाली स्थापित हुनेछ ।

(क) साकोस सञ्चालनमा स्तरीयता :
साकोसको स्थायीत्व, सुरक्षा र प्रभावकारी सन्चालन र कुशल व्यवस्थापनको लागि लेखा प्रणाली, नीति निर्माण, प्रविधिको प्रयोगमा स्तरीयता र एकरुपता कायम गर्न, उत्पादन तथा सेवाको स्तर निर्धारण, संस्थागत छविमा स्तरीयता कायम गर्न, विधिको विकास वित्तिय सुरक्षा र स्वस्थता कायम गर्न, कार्यविधि र प्रविधिको विकास र हस्तान्तरण गरि साकोसको सुदृढ व्यवस्थापनको लागि सन्चालनमा एकरुपता ल्याई सवै साकोसको सनातन विकास मार्फत नागरिकमा विश्वास र भरोसाको केन्द्रको रुपमा स्थापित गर्नु पर्दछ ।
(ख) करारीय ऐक्यवद्धता : सहकारीहरु स्वतन्त्र, स्वसासित र संगठीत संस्था हुन । राज्यको कानूनी संहिताको माताहातमा यस्ता संस्थाको आफ्नो परिभासित दायित्व र अधिकार हुने गर्दछ । केन्द्रिय संघले स्वच्छिक रुपमा यो प्रणालीलाई प्रवेश गर्दा प्रणालीले सिर्जना गरेका मापदण्डहरु स्विकार्नु करारीय सर्तहुनेछन । साकोस एकरुपता प्रणालीमा आवद्ध सदस्य संस्थाहरुलाई नियमित अनुगमन, सुपरीवेक्षण वा गुणस्तर सुनिश्चितता सम्बन्धी कार्यक्रममा क्रमशः अनिवार्य रहने व्यवस्था अभियानको केन्द्रिय निकायले गर्नुपर्दछ । खासगरि करारीय ऐक्यवद्धतामा निर्धारीत स्तरीयताको स्वीकार, संघले निर्धारण गरेका दस्तावेज स्तरियाता ल्याउन विभन्न कागजातहरुको (सदस्यता फारम, शेयर प्रमाण पत्र, ऋण माग फारम, ऋण अनुसन्धान फारम, तमसुक, भपाई, धितो मुल्याँकन फारम, नगदी रसिद, लेटरप्याड, विदा अभिलेख फाराम, कार्य सम्पादन मूल्याङ्कन फारम लगायत संघले तोकेका अन्य) नमुना ढाँचाका अनुसार प्रयोग, संघले भित्राएका र सिर्जना गरेका साकोसका समस्या समाधानका उपायहरु, कोषहरु आदि विषयको पालना गर्ने गरी शंझौता गर्नु पर्दछ । संस्थाको व्यवस्थापकीय प्रणाली, सदस्य स्थिति र सेवा र उत्पादनको स्तर, सुरक्षा व्यवस्था, संस्थाको आकार अनुसारको सन्तुलन व्यवस्थापन जस्ता विषय करारका विषयहरु पर्दछन ।

ग) संस्था सञ्चालन तथा स्वनियमन: संस्था कानूनी व्यक्ति हो । यसले आफै सन्चालन र स्वनियमनको योजना गर्दैन । यसमा संलग्न सदस्यहरुले संस्था सन्चालनको नीति, योजना र पद्धति वनाउँदछन । बैठक तथा साधारण सभा यसलाई कानूनी संहिताले तोकेको प्रक्रिया, सहकारीका सिद्धान्तको दिशानिर्देश अनुसार सन्चालन गनु पर्दछ । सन्चालक समिति गठन लोकतान्त्रिक एवं समावेशी प्रतिनिधित्वको प्रक्रिया अनुुसार गर्ने, साकोस एकरुपता प्रणालीमा आवद्धतामा कायम रहनको लागि सदस्यलाई शिक्षा, नेतृत्व विकास र व्यक्तित्व प्रवर्दन संघद्वारा संचालन गरिने प्राविधिक र ब्यावसायिक तालिममा संस्था सहभागि हुनु पर्दछ । खासगरि वित्तीय सुशासन, सहकारी सिद्धान्तको प्रयोग , प्रचलित ऐन, नियमावली, मापदण्ड, निर्देशिका र परिपत्रको परिपालना गर्नु अनिवार्य सर्त हो । संस्था सन्चालनको लागि नीति, कार्यविधिको पालना सवै क्षेत्रमा गराउँनु पर्दछ । केन्द्रको नीति एवम् मार्गनिर्देशन बमोजिम स्वनियमनमा रहने, अनिवार्य प्रतिवेदन पेश गर्ने, तोकिएको ढाँचामा लेखा अभिलेख राख्ने र साकोसमा लोकतान्त्रिक अभ्यासको प्रत्याभूति गर्नुका साथै सदैव जोखिम सुपरिवेक्षण गर्ने गराउने व्यवस्था मिलाउनु पर्दछ ।

घ.स्रोतहरुमा पहँच र एकरुपता : संस्थालाई सन्चालन र गति दिनको लागि संस्थाले श्रोत र साधनको उपयुक्त व्यवस्थापन गर्नु पर्दछ । खासगरि सूचना तथा प्रविधिको प्रयोग, शिक्षा र अनुभवको अतिरिक्त आधिकारीक निकायवाट उत्पादित मानव संसाधनकोे प्रयोग, तोकिएका तालिम तथा तालिम सामाग्रीको उपयोग गर्नु पर्दछ । अभियानमा विकास भएका प्रविधिहरु, तालिम शिक्षाका सामाग्रीहरु, तरलता व्यवस्थापनका सेवाहरु, वित्तीय सेवालाई सरल बनाउने सफ्टवयर, डिजिटल फाइनान्सिङ्ग, एटिएम एवम् साकोसका सदस्यहरुलाई लक्षित गरी सञ्चालन गरिने एकिकृत वीमाका सुविधाहरुलाई अभियान मार्फत सदस्य साकोसहरुले उपयोग गर्नु पर्दछ ।
वित्तिय क्षेत्र आफैमा संवेदनशील, अस्थिर र तरल क्षेत्र हो यसको प्रयोग सुझवुझ रुपमा सन्चालन गर्नु पर्दछ । भावना र विवेक भन्दा संस्था सन्चालनको विधि, नीति र प्रविधिमा एकरुपतामा ल्याइन्छ । संस्थाको सक्षमता, पुँजी, सेवाको स्तर, नागरिकहरुमा सेवाको पहुँच लगायतका विषयमा मुल्यांकन गरि संस्थाको वगीकरण गरिन्छ । लेखक नेफ्स्कुनका महासचिव हुनुहुन्छ । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक