‘मुख्य त सदस्यता तानातान भए । स्वस्थ प्रतिष्पर्धा भएन  ’


काठमाडौं
सहकारी संख्यात्मक मात्र नभएर गुणात्मक विकासमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । सहकारी मर्जरमा जान सके मात्र अर्थतन्त्रमा सबल खम्बा बन्न सक्ने उनीहरुको भनाई छ ।
सहकारी अभियान्ताहरुले सहकारीको संख्या उल्लेख्य भएपनि गुणात्मक विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् । सहकारी मर्जरको विकल्प नभएको अभियान्ताहरुले नै जोड दिएका छन् ।
हरेकपल डटकमसँग कुरा गर्दैै रोयल कोअपरेटिभ सहकारी संस्थाका अध्यक्ष भानुभक्त ढकालले शहरी क्षेत्रमा सहकारीको मर्जर विकल्प नभएको बताए । शहरी क्षेत्रमा एकै घरमा धेरै सहकारी भएकाले गुणात्मक सेवा दिन समस्या पर्ने अध्यक्ष ढकालले बताए । ‘हामीले पनि मर्जरलाई प्राथमिकता दिएका छौं, मर्जर अभियान र राज्यको प्राथमिकतामा पर्नुपर्छ’ उनले भने ।
शहरका सहकारीमा मर्जर गरेर नगए सहकारी धराशायी हुन सक्ने र सहकारी अभियान नै बदनाम हुन सक्ने सहकारीकर्मीहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन् । सहकारी व्यवसायीक भएर जान र सदस्यलाई गुणस्तरीय सेवा दिन मर्ज अपरिहार्य भएको रोयलका अध्यक्ष ढकालले बताए ।
रोयल कोअपरेटिभ, देवत्व बचत तथा ऋण सहकारी र भिजन सञ्चार सहकारी संस्था मर्ज भएर रोयल कोअपरेटिभ बनेको हो । ‘कतिपय सहकारी हचुवाका भरमा खोलिएका छन्, ती संस्था सञ्चालनका दौरानमा समस्या परेको छन्’ उनले भने ।
सहकारीसम्बन्धी शिक्षा, तालिम नभएर खोलिएका कारण सहकारीमा समस्या बढेको उनको भनाई छ । ‘बेलैमा मर्ज गर्ने ध्यान नदिदाँ संकटमा पर्ने स्थिती देखियो ।’ उनले भने ।
यति धेरै संख्यामा भएको अरु मुलुकमा छैन्, मर्जरलाई प्राथमिकता दिएर अब गुणस्तरीय सेवा दिनमा जोड दिनुपर्ने अध्यक्ष ढकालले बताए ।
अभियान र राज्यले सहकारी मर्जलाई विशेष प्राथमिकता दिनुपर्नेमा ढकालले जोड दिए । सरकारले सहकारी एकीकरण निर्देशिका बनाए पनि अपुरो भएकाले सहकारी मर्जर गर्न प्रोत्साहन मिल्ने खाले नीति ल्याउन आवश्यक भएको उनले बताए ।
निर्देशिकाले यस्तो प्रकार संस्था, मर्ज गर्न बाटो खोलेको छ । मुख्यतः सहकारी अभियानमा संलग्नहरुले नै अभियानलाई विशेष प्राथमिकता दिनुपर्छ ’ उनले भने ।
रोयल कोअपरेटिभ एलाईन्सका प्रबन्ध सञ्चालक सीताराम काफ्लेले मर्जपछि गुणस्तर सेवा दिन सजिलो भएको बताए । मर्जपछि संस्था बलिायो हुने भएकाले सदस्यलाई रचनात्मक सेवा दिन सकिने उनले बताए ।
साना साना सहकारी हुदाँ त्यसको उपादेयता कम हुने भएकाले सहकारीको व्ययवसायिकताका लागि मर्ज अपरिहार्य भएको उनको भनाई थियो । ‘मर्जले दोहोरो सदस्यता अन्त्य गर्न बल पुग्छ’ उनले भने । उस्तै उस्तै एकै प्रकृतिका संस्थामा एकभन्दा बढीको उपस्थिती रहेकाले सहकारीमा दोहोरो सदस्यताको समस्या बढी छ
मर्जपछि दोहोरो सदस्यता नहुने, सदस्यले चाहेको सेवा सजिलै पाउन सकिने भएकाले मर्जप्रति सहकारी क्रमश आकर्षित हुन लागेको काफ्लेले बताए । ‘मर्ज हुदाँ अपरेटिङ कस्ट पनि घट्छ’ उनले भने ।
व्यवसायिक ज्ञानको कमी र पूँजीको अभावका कारण सहकारीमा समस्या बढेको उनले जानकारी दिए । सहकारी खोलेर गुणस्तरीय सेवा दिने भन्दा देखासिकी गएर सहकारी दर्ता गर्ने परिपाटीका कारण संख्या बढेको र गुणस्तरीय सेवा दिन नसकेको उनले बताए ।
रोयलका अध्यक्ष ढकालले देशमा चाहिने भन्दा बढी नै सहकारी दर्ता भएको बताए । ‘अझ शहरी क्षेत्रमा त यसको विकराल समस्या छ’ उनले भने ।
सहकारीबाट सदस्यले लिएको ऋण पहिचान गर्न समस्या रहेकाले पनि मर्जरमा जानु अत्यावश्यक भएको उनले बताए । ‘मुख्य त सदस्यता तानातान भए । स्वस्थ प्रतिष्पार्धा
भएन । ’ उनले भने ।
रोयलले मर्जरको सफल अभ्यास गरिसकेको भन्दै अध्यक्ष ढकालले अन्य सहकारीलाई मर्जर गरेर सदस्यलाई उत्कृष्ट सेवा दिने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर