सहकारी मर्ज गर्न परामर्शदाता आवश्यक छैन: सिलवाल
फोर्स मर्जर ठिक होइन: प्रधानाङ्ग
मर्जरमा जानेलाई सुविधा दिनुपर्छ: ढकाल


  भक्तपुर, भदौ २५। सहकारीमा मर्जरको कुरा चलेको निकै वर्ष भयो । संख्यात्मक धेरै गुणात्मक कम भए नेपालका सहकारी त्यसका लागि मर्जरमा जानुको विकल्प छैन भन्ने विभिन्न निकायले भन्दै आएका छन् । जिल्ला र केन्द्रीय स्तरका संघहरू देखि लिएर राष्ट्रिय सहकारी संघसमेतको सहकारी अभियानले मर्जरलाई अपरिहार्य भन्दै आईरहेको छ ।चाहे नेफ्सकुनको साकोस एकरूपता प्रणालीको अवधारणा होस् वा राज्यका सहकारी हेर्ने निकायले चलाएको फोर्स मर्जरको कुरा यि सबैसँग सर्वसाधारण सहकारीकर्मीहरू जानकार रहेर पनि व्यवहारिक रूपमा सहकारीहरू कसरी मर्ज हुन्छन् भन्ने जानकारी कमैलाई मात्र थाहा होला ।सहकारी विभागले २०७० मा मर्जरसम्बन्धी कार्यविधि तयारपारेर मर्ज गर्न चाहने संस्थाहरूलाई मर्जरको सहज बाटो खोलिदिए तापनि सहकारी संघसंस्थाहरूले मर्जरको लागि कुनै कानूनविज्ञ वा परामर्शदाताको सहयोग बिना मर्जर प्रक्रिया अघि बढाउन सकिरहेका छैनन् । यदि मर्जर आवश्यक नै हो भने के मर्जर गर्ने विधि र प्रक्रिया त्यति नै जटिल छ त ?IMG_0091IMG_0094IMG_0167 विभिन्न बैंक तथा वित्तिय संस्थाको मर्जर प्रक्रियालाई सहजिकरण गरिसकेका चार्टर्ड एकाउन्टेन्ट हरि कुमार सिलवालले भने, ‘आठ घण्टामा तपाईहरूले संस्था मर्ज गर्ने सम्पूर्ण विधि र प्रक्रिया जान्नु हुन्छ ।’ ‘के यो सम्भव छ त ?’ यो प्रश्नको उत्तरमा ‘छ’ भन्ने कुरा सहमत भए आज Effective Negotiation Skills for workable Cooperative Merger Agreement विषयक एकदिने प्रशिक्षण कार्यक्रमका ३५ मध्येका अधिकांश सहभागी । उनीहरूले मर्जरका सैद्धान्तिक पक्ष र विधिविधानको मात्र अध्ययन गरेनन् मर्जर कसरी गर्ने र कस्तो किसिमको संस्थासँग कसरी मर्जर गर्न सकिन्छ भन्ने व्यवहारिक अध्ययन समेत गरे ।

तालिम कार्यक्रमको आयोजक संस्था सूचना चौतारी सञ्चार सहकारी संस्थाको उद्देश्य सहकारीमा प्रत्यक्ष वा अप्रत्यक्ष फोर्स मर्जर आवश्यक छ वा छैन भन्ने कुरा नभई मर्जर र यसको प्रक्रियाबारे सहकारीका सञ्चालकहरूलाई सहि ढंगले सुसुचित गराउनु रहेको संस्थाका अध्यक्ष विपिन शर्माले सहभागीहरूलाई जानकारी गराए ।कार्यक्रमको उद्घाटन शत्रमा सहभागीहरूलाई शुभकामना दिँदै सहकारी विज्ञ एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का पूर्व अध्यक्ष कैलाशभक्त प्रधानांगले सहकारी मर्जर अपरिहार्य भएको तर फोर्स मर्जर सहकारी मूल्यमान्यता र सिद्धान्त विपरित रहेको धारणा राखे ।’फोर्स मर्जरमा जाने नीति लिएमा सहकारी मर्जरको अभियान सफल हुँदैन ।’ प्रधानाङ्गले भने, ‘तसर्थ राज्य पक्ष र सहकारी अभियानले मर्जरलाई कसरी सहज बनाउने भन्नेमा सामुहिक धारणा बनाउन जरूरी छ ।’ मर्जर प्रक्रियालाई सरलीकृत गर्न तालिम र शिक्षा अपरिहार्य भएको उनको भनाई थियो ।

कार्यक्रमको समापन शत्रमा बोल्दै राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकालले मर्जर प्रक्रियामा सहज गर्नुपर्ने मर्जर हुने संस्थालाई सहुलियत र सुविधा दिएर मर्जरलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे । ‘मर्जर अभियान आजको भोलि सकिने विषय होईन ।’ ढकालले भने, ‘तीस हजार माथिको संख्यामा रहेका संस्थालाई ५ हजारमा झारन कम्तिमा पनि १० वर्ष लाग्छ ।’ सहकारीको गुणात्मक विकासका लागि मर्जर आवश्यक छ भन्ने कुरा सहकारीकर्मीहरूलाई गराएर मात्र मर्जर अभियान सफल हुने उनले दावी गरे । ‘फोर्स मर्जर गराउँदा संस्थाको नेतृत्वसँगको स्वार्थ कुनै न कुनै रूपले जोडिन आउँछ ।’ ढकाले भने, ‘त्यसले सहकारी अभियानलाई सहि बाटोमा लैजाँदैन ।’

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष राधेश्याम सुवालले मर्जरको व्यवहारिक ज्ञान दिलाएकोमा सूचना चौतारीलाई धन्यबाद ज्ञापन गरे । तालिम पछि सहकारी मर्जरलाई व्यवहारिक रुपमा लैजान सकिनेमा विश्वस्त भएको उनको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक