पिस ह्याण्डस सहकारीमा गिरी सर्वसम्मत निर्वाचित


काठमाडौं, भदौ २७ । पिस ह्याण्डस बचत तथा ऋण सहकारी संस्थाको छैथौं साधारणसभाले गोविन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
साधारणसभाले उपाध्यक्षमा सूर्यबहादुर भट्ट, सचिव खेम मरासिनी, कोषध्यक्ष खुमाकान्त लम्साल निर्वाचित भएका छन् ।
त्यस्तै सहकारीको सदस्यमा भरत लम्साल, पदमबहादुर क्षत्री, बसुन्धारा लम्साल निर्वाचित भएका छन् । सहकारीको लेखा समितिको संयोजकमा बिनोद लम्साल निर्वाचित भएका छन् । लेखा समितिको सदस्यमा विष्णुकुमार गिरी र सुरेन्द्र लम्साल निर्वाचित भएका छन् ।
त्यस्तै हरित शान्ती समाज नेपालको दशौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रमेश लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्ष नविनकुमार गिरी, सचिव खिम मरासिनी, कोषाध्यक्ष कपिल लम्साल सहसचिवमा पदमबहादुर क्षेत्री लगायत ११ सदस्य कार्यसमिति चयन गरेको छ ।
यसैबीच सहकारीको साधारणसभा उद्घाटन अबवसरमा बोल्दै भूमिसुधार व्यवस्था मन्त्री दलबहादुर रानाले सहकारीबाट उत्पादनमा जोड दिनुपर्ने बताए । सहकारीबाट औद्योगिक क्षेत्रको स्थापना गर्न सके मात्र देशले आर्थिक प्रगति हाशिल गर्न सक्ने बताए ।
मन्त्री रानाले संबिधान निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘सार्वजनिक गर्ने र प्रमाणीत गर्ने काम मात्र बाँकी छ’ उनले भने–‘संबिधानसभाले संबिधान जारी गर्न अलमलमा पर्नुहुदैँन । बचत तथा ऋणबाट आम्दानी लिन सक्नुपर्नेमा उनको जोड थियो । प्रदेश बिबाद कुटनीतिक तबरबाट हटाइनुपर्ने उनको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक