सहयात्रीको साधारणसभा सम्पन्न


सहयात्री बहुउद्देश्यीय सहकारी संस्था लि. को दशौं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष खेम राज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संबिधानसभाका सभासद सहकारीकर्मी माननिय  पशुपति चौलागाईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साधारण सभामा बिशिष्ट अतिथीको रुपमा प्याव्सनका केन्द्रिय महासचिब तथा लायन लिडर डि.के.ढुंगाना, सहकारी बैंक का सञ्चालक रामशरण शर्मा घिमिरे, जिल्ला सहकारी संघका अध्यक्ष टेक प्रसाद चौलागाई तथा बिभिन्न बैंक बित्तिय संस्थाका अधिकृत ज्युहरुको आतिथ्यता रहेको थियो ।sahayatri a2
संस्थाका सञ्चालक सदस्य कृष्णहरी थापा ज्यूले सञ्चालन गर्नु भएको कार्यक्रममा ८ सय भन्दा बढि शेयर सदस्यको उपस्थिती रहेको थियो । सबै अतिथीहरुले संस्थाको प्रगतिको मुक्तकण्ठले प्रशंसा गर्दै सहकारीको मुल मर्म र भाबनाको कदर गर्दै अगाडी बढोस भन्ने शुभकामना व्यक्त गर्नु भएको थियो ।
५१५ पुरुष सदस्य र ५२ केन्द्र सहित ११ सय महिला सदस्य सहित लघुबित्त कार्यक्रम सञ्चालन गरेको संस्थाको साधारण सभामा उत्कृष्ट केन्द्रहरु, केन्द्र प्रमुख, कर्मचारी तथा शेयरसदस्य हरुलाई पुरस्कृत गरिएको थियो । संस्थाको साधारण सभा पश्चात तिजको कार्यक्रम तथा दर खाने कार्यक्रम सहित सम्पन्न गरिएको थियो ।sha 3


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस