सहकारीको हरितालिका कार्यक्रम


काठमाडौं, भदौ २७ । हरितालिका तिजको अवसरमा महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
संगठित महिला फोहोर व्यवस्थापन सहकारी, जनसंख्या महिला तथा वातावरणीय विकास संस्था र अवसर महिला समूहको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले तिज भड्किलो बनाउन नहुने बताएका थिए । r2
कार्यक्रममा बोल्दै पौरखी महिलाकी एक्जुकेटिभ डाइरेक्टर सीता रुपाखेतीले संस्कृति जगेर्नासँगै महिला सशक्तीकरणमा जोड दिइन् । उनले महिला क्रियाशील हुन सके मात्र समतामूलक समाज निर्माण हुनेमा जोड दिइन् ।
डेमोक्रेटस लयर्स एशोसिएसनका सदस्य निर्मला ढकालले नयाँ बन्ने संबिधान महिलामैत्री हुनुपर्ने बताइन् । महिलाको आर्थिक सशक्तीकरण हुने खाले संबिधान आउन सके मात्र देश उभो लाग्ने बताइन् ।
जिल्ला सहकारी संघकी सञ्चालक एबी मर्हजनले प्रत्येक महिलामा फरक किसिमको क्षमता हुने र कतिपयले क्षमता देखाउन अवसर नपाएको बताइन् । महिलाको उत्थानका लागि महिला नै सक्रिय हुनुपर्ने उनको भनाई थियो । r3


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक