सहकारी बैंकको रकम लुटियो


महोत्तरी २७ भदौ । स्वावलम्बन लघु वित्त सहकारी बैंक लुटिएको छ । महोत्तरीको बर्दिबासमा रहेको उक्त बैंकबाट आज दिउँसो तीन लाख रुपैयाँ लुटिएको हो ।
रकम सङ्कलन गरी मोटरसाइकलमा पाटु गाउँबाट बैंकको समूहबाट फर्किरहेका बैंकका कर्मचारी नवीन न्यौपानेबाट रकम लुटिएको बैंकले जनाएको छ । चार÷पाँचजनाको सङ्ख्यामा रहेका लुटेराको समूहले बर्दिबास–४ स्थित स्मृति चौकमा न्यौपानेलाई कुटपिटसमेत गरेका थिए । उनीहरुरकम लुटेर जङ्गलतर्फ फरार भएका थिए ।
घटना भएलगत्तै इलाका प्रहरी कार्यालय बर्दिबासले कर्मचारी न्यौपानेलाई नियन्त्रणमा लिई छानबिन सुरु गरेको प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक