सहकारीले वितरण गर्यो मिल्क एनालाइजर


पाल्पा, २८ भदौ । गोठदेखि ओठसम्म शुद्ध दूध पु¥याउने उद्देश्यले सहकारीद्वारा रामपुरमा दुग्ध डेरी फार्मलाई मिल्क एनालाइजर वितरण गरेको छ । सहकारीले आफ्ना सदस्यहरुलाई मिल्क एनालाईजर वितरण गरेको हो ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले दूधको शुद्धता मापन गर्न अमृत दुग्ध भण्डारका सञ्चालक माधव आचार्यलाई मिल्क एनालाइजर वितरण गरेको हो । सहकारीको रु दुई लाख र रामपुर नगरपालिकाको रु ५० हजार सहयोग रकम पर्ने मिल्क एनालाइजर मेसिन वितरण गरिएको सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालले बताए ।
रामपुरकै सबैभन्दा ठूलो दुग्ध डेरी फार्म रहेको अमृत दुग्ध भण्डारमा दैनिक १४५ लिटर दूध सङ्कलन हुने गरेको सञ्चालक आचार्यले बताए । विगत दुई वर्षदेखि रु पाँच लाखको लगानीमा दुग्ध डेरी फार्म सञ्चालन गरेका आचार्यले खर्च कटाएर मासिक रुपमा रु ३० हजार आम्दानी लिन सफल भएका छन् ।
रामपुर नगरपालिकाभित्र किसानको घरदैलोमा पुगी दूध सङ्कलन गरी फार्म सञ्चालन गरेको उनले बताए । रामपुर नगरपालिकाका कार्यकारी अधिकृत घनश्याम तिमिल्सिनाले डेरी फार्म सञ्चालक आचार्यलाई मिल्क एनालाइजर मेसिन वितरण गर्दै दूधको बिक्री मूल्य यकिन भए पनि खरिद मूल्य राष्ट्रियस्तरमै नतोकिएकाले दूधको शुद्धता मापन गरेर खरिद र बिक्री गर्ने बताउँदै खरिदकर्ता र विक्रेता नठगिन आग्रह गरे ।
रामपुर नगरपालिकाभित्र अहिले चारवटा दुग्ध डेरी फार्म सञ्चालनमा छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन