अनिवार्यको शेयर पूँजी बढ्दै


काठमाडौं, अनिवार्य बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी बढ्दै गएको छ । अघिल्लो वर्षको तुलनामा शेयर पूँजी बढ्दै गएको सहकारी संस्थाको छैठौ साधारण सभामा बताइएको थियो ।
संस्थाका अध्यक्ष गणेश प्रसाद सेढाईले संस्थाले गत बर्ष भित्र शेयर पुँजीमा उल्लेखनीय बृद्धि गरि १ करोड आठलाख ५४ हजार भन्दा बढी पुगेको जानकारी दिए । संस्थाको कुल कारोवार २ करोड ७० लाख ३६ हजार पुगेको जानकारी दिए । त्यस्तै विभिन्न कोषमा ५ लाख १ हजार ९० रुपैयाँ जम्मा गर्न सफल भएको कुरा उनले सभामा जानकारी दिए ।
सो अवरमा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा संबिधान सभामा सभासद केशब बडालले गत बैशाख महिनामा गएको महाभूकम्पको विपत्तीमा उद्धार राहत कार्यमा सेना र प्रहरी पछि पछि सहकारीकर्मीे रचनात्मक काम गरेको बताए । अधिकांस सहकारी संस्थाहरुले देशका ग्राहस्थ उत्पादन बृद्धिमा विशेष योगदान पु¥याएको उनको भनाई थियो ।
‘करिब दश प्रतिशत सहकारी संस्थाका संचालक र कर्मचारीले बदमासी गरे भन्दैमा सवै उस्तै हुन भन्नु दुःखद कुरा हो’ उनले भने ।
डिभिजन सहकारी कार्यालयका बरिष्ठ सहकारी अधिकृत नारायणप्रसाद अर्यालले राष्ट्रिय सहकारी संघका बर्तमान अध्यक्षको नै सहभागीतामा बनेको सहकारी ऐन २०४८ मा सहकारी संस्थाहरुले कसुर गर्ला भनेर सोच्दै नसोचेकोले कुनै दण्ड र जरिबानाको प्रावधान नराखिदा सहकारीमा समस्या बढेको बताए । ऐन कमजोर हुदाँ सहकारीले सहकारीम समस्या बढीरहेको उनले बताए ।
जिल्ला सहकारी संघ काठमाडौका अध्यक्ष टेक प्रसाद चौलागाईले सहकारी मन्त्रालय छुट्टै हुदाँ पनि कुनै सहकारीको विकासमा टेवा नपुगेको बताए । नेपाल कृषि प्रधान देश भएकाले सहकारीमार्फत कृषि उत्पादनमा जोड दिनुपर्ने जोड दिए । सहकारी स्वनियमनमा चल्न नसक्दा समस्यामा परेको उनले भनाई थियो ।
लाभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओम उप्रेतीले नेपाल राष्ट्र बैक अन्तर्गतका बैक तथा वित्तीय संस्था सरह बित्तीय कारोवार गर्ने सहकारी संस्थाको पनि कारोवारको आधारमा बर्गीकरण हुनु आवश्यक भएको बताए । सहकारी क्षेत्रलको कर प्रणालीलाई सुधार गर्न आवश्यक भएको उनले बताए । बहुउद्धेश्यीय सहकारी संघका सचिव तथा बरिष्ठ सहकारी प्रशिक्षक राजेन्द्र पौडेलले सहकारी संस्थाले आवद्ध शेयर सदस्यहरुको सर्वोपरि हित र सेवामा केन्द्रीत भएर कार्यक्रम ल्याउनु पर्ने बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

महासंघकी महाप्रबन्धक सुब्बाको पहिलो पुस्तक सहकारीमा २५ वर्षः भोगाई र अनुभूतिु विमोचित
जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी