झापाका ११ वटा सहकारीबीच एकीकरण


झापा भदौ ३० । झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ । डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।
त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिए ।

त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताए । वितीय सङ्कटका कारण झापाका ११ वटा सहकारीबीच एकीकरण
झापा भदौ ३० । झापाका ११ वटा सहकारी संस्थाबीच एकीकरण भएको छ । डिभिजन सहकारी कार्यालय झापाले दिएको जानकारीअनुसार कार्य क्षेत्र एउटै, कारोबार उस्तै र वित्तीय सङ्कटका कारण जिल्लाका वटा सहकारी कार्यालय संस्था एकीकरण भएका हुन् ।
सयपत्री बचत तथा ऋण सहकारी संस्था र व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर व्यापारी कल्याण बचत तथा ऋण सहकारी संस्था भएको छ ।
त्यस्तै सतासी महिला कृषि सहकारी र सतासी माहुरीपालन सहकारी संस्थाबीच एकीकरण हुँदै सतासी माहुरीपालन सहकारी संस्था भएको छ । भरोसा महिला बचत तथा ऋण सहकारी संस्थामेची नगर र परिचय महिला बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर परिचय महिला बचत तथा ऋण सहकारी संस्थामा परिणत भएको सहकारी डिभिजन कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले जानकारी दिए ।

त्यस्तै नागबेली कृषि सहकारी र अनमोल सुपारी सहकारीबीच एकीकरण भएर नागबेली सुपारी उत्पादन सहकारी संस्था तथा पतञ्जलि, मकालु र चन्द्रगढी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएर झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

त्यस्तै १० वटा सहकारी संस्थाको एकीकरणको तयारीमा रहेको पनि कार्यालयका प्रमुख पोखरेलले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर