वृहत लेखा तथा पल्र्स तालिम सम्पन्न


ललितपुर
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा १३ दिने सहकारी सम्बन्धि ‘‘सहकारी वृहत लेखा व्यवस्थापन तथा पल्स’’ तालिम सम्पन्न भएको छ । तालिममा ललितपुर, र काठमाडौं विभिन्न विषयगत सहकारीहरुबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ संस्थाहरुको लेखा व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन र सकेसम्म त्यस्ता संस्थाहरुको लेखा प्रणालीमा एकरुपता कायम गर्नको लागि यो वृहत लेखा तथा पल्स तालिम लक्षित थियो ।
सहकारीको मासिक आर्थिक प्रतिवेदन निर्माण, अन्तिम खाता व्यवस्थापन, कर व्यवस्थापन, इक्विटीमा परिवर्तन, सम्पत्ति विवरण, ह्रास विवरण, लेखापरीक्षण प्रतिवेदन विवरण, कर्जा जोखिम कोष व्यवस्था तथा पल्सका विभिन्न इन्डिकेटरहरुको अभ्यास आदि विषयहरु समावेश गरि तालिम सञ्चालन गरिएको वचत संघका तालिम संयोजक भूषणनाथ शर्माज्यूले बताउनुभयो । सहकारीहरुको व्यवस्थापनमा लेखापालन तथा पल्सको महत्वलाई सबैले अंगीकार गर्दै अन्र्तराष्ट्रिय लेखा मापदण्ड अनुरुप लेखा राख्न सबैलाई आग्रह गर्नुभयो । त्यस्तै तालिम समापनको अवसरमा बोल्दै संघका अध्यक्ष रामशरण घिमिरेले सहकारी संस्थाहरुमा समस्या आउन नदिन लेखापालनको सहि र उचित व्यवस्थापनमा उचित ध्यान पु–्याउन सबै सहभागिहरुलाई सुझाव दिनुभयो ।
तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थाको हिसाब किताबहरु सही ढंगबाट राख्न सकिने र आन्तरिक लेखापरीक्षणको लागि सहयोगी हुने अपेक्षा गरेका छन् । वचत ऋण सहकारीका अतिरिक्त सबै विषयगत संघ संस्थाहरुलाई लक्षित गरि यो तालिम आयोजना गरिएको हो । यस तालिमलाई प्रशिक्षकद्धय कुबेर निरौला, अनिलविर बज्राचार्य र कुमार खत्रीले सहजीकरण गर्नुभएको थियो । तालिम कार्यक्रम २०७२ भाद्र १८ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित