अब मुलक आर्थिक समृद्धिमा लाग्छः मन्त्री आचार्य


काठमाडौ २ असोज- संविधान सभा तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले आइतवार जारी हुने नेपालको संविधान २०७२ ले मुलुकलाई उद्यमशिलता तर्फ पुर्याउने र आर्थिक समृद्धि हासिल गर्ने तर्फ अबको संविधानले वाटो खेल्ने विश्वास व्यक्त गरेका छ न् । शनिवार हातेमालो महीला साकोसको वार्षिका साधारण सभालाई सम्बोधन गर्दै मन्त्री आचार्यले ‘कठिन परिस्थीतिहरु छन् तर तीनलाई समाना गरेर मुलुकलाई विकासको दिसामा अघि बढाउनु पर्छ ।’

राष्ट्रिय सहकारी विकास वोर्डका सह अध्यक्ष सरोजकुमार शर्माले नेपाल राजनीतिकरुपमा कसैको गुलाम नभएपनि आज सम्म आर्थिक रुपमा स्वतन्त्र हुन नसकेको दावी गरे । उनले भने ‘नेपाललाई श्रम सप्लाई गर्ने देशको रुपमा चिनाएका छौँ, अब कृषि उत्पादनमा जोड दिएर स्वावलम्बी अर्थतन्त्र बनाउन जरुरी छ ।’

राष्ट्रिय सहकारी संघका संञ्चालक चन्द्र ढकालले सहकारीको प्रवद्र्धन गर्न सक्ने किसिमको ऐन सवैपक्षहरुको छलफलवाट बनाइनुपर्नेमा जोड दिए । उनले भने ‘हामीले ऐन ड्राफ्ट गरेका थियौँ, तर घटेर अध्यादेश भयो, अन्त्यमा त्यसले पनि वैधानिकता पाएन ।’

साधारण सभामा संस्थाका अध्यक्ष शान्ति गुरुङले संस्थाले ४९ लाख सेयर ३ करोड ३४ लाख बचत संकलन गरेको जानकारी दिइन । यसैगरी अहिले सम्म ३ करोड ५६ लाख रुपैया ऋणको रुपमा लगानी गरिएको पनि बताइन ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न