सहकारी डबळीमा अन्तर्सहकारी सहयोग
अन्तर्सहकारी सहयोग सहकारी सिद्दान्त अनुरूप
अन्तर्लगानी गरीरहेका संस्था राजनीतिक रूपमा पूर्वाग्रही: सहभागी


असोज ३, काठमाडौं । अन्तर्सहकारी लगानी आवश्यक भएको र अन्तर्सहकारी सहयोग सहकारीको छैटौँ सिद्दान्त अन्तर्गत भएकाले सहकारी मापदण्ड २०६८ को व्यवस्था परिवर्तन गर्नुपर्ने आइतबार राजधानीमा आयोजित ‘अन्तर्सहकारी सहयोगको अनुभव र अभ्यास’ विषयक सहकारी डबलीको चौधौँ श्रृङ्खलाका सहभागीहरूले बताएका छन् ।

राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्र ढकालले सहकारीको मूल्यमान्यतालाई कायम राखी सहकारी क्षेत्रलाई बलियो बनाउनका लागि सबैले आफू रहेको संस्था वा संघको निहित स्वार्थ त्याग्नुपर्ने विचार व्यक्त गरे । राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक केदार मानन्धरले सहरी क्षेत्रका सहकारीका वित्तिय आवश्यक्ता पूरा गर्न सक्ने संस्था सहकारीहरूको अन्तरसहयोगबाटै निर्माण गर्नुपर्ने र त्यसका लागि कानूनी व्यवस्था हुनुपर्नेमा जोड दिए । मानन्धरले भने,’प्रारम्भिक संस्थालाई अप्ठेरो पर्दा सहयोग गर्ने कुनै संस्थ छैन ।‘

रोयल कोअपरेटिभका प्रबन्ध सञ्चालक सीताराम काफ्लेले सहकारी बैंकको स्वार्थलाई हेरेर नियोजित रूपमा अन्तर सहकारी लगानीमाथि बन्देज लगाईएको बताए । काठमाडौं जिल्ला सहकारी संघका कोषाध्यष मनोज भण्डारीले अन्तर सहकारी लगानी आवश्यक भएपनि यसमा जोखिम रहेको धारणा राखे । स्पष्ट नीति नियम बनाएर अन्तर सहकारी सहयोग खुलाउन सकिने उनले बताए ।

सहकारीकर्मी एवम् लेखा परीक्षक कृष्ण थापा मगरले संस्थाको वित्तिय अनुशासन र सहकारीको मूल्यमान्यता भित्र रहेर अन्तर्लगानीलाई व्यवस्थित गरिनु उचित हुने धारणा राखे ।

जनधन सहकारीका अध्यक्ष कृष्ण वस्नेतले बैंक लगायतका अन्तरलगानीको कार्य गर्ने निकायहरू राजनीतिकरुपमा पूर्वाग्राही भएको बताए । वस्नेतले शहरी क्षेत्रका वडाभित्रका सहकारीलाई एकतृत गरेर स्थानिय तहमै उनीहरूको वित्तिय आवश्यक्ता पूरा गर्ने कुनै संरचना तयार गर्न आवश्यक रहेको धारणा राखे । युनिफिकेशन साकोसका अध्यक्ष कमलराज अधिकारीले अन्तर्लगानी सहकारीको सिद्दान्त भित्र पर्ने विषय भएकोले यसलाई रोक लगाईरहनु उपयुक्त नहुने भन्दै यसका लागि सहकारीकर्मीले लविङ सुरु गर्नुपर्ने धारणा राखे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक