सहकारी नेपाल डट कमको प्रधान सम्पादकमा पुरुषोत्तम दाहाल


काठमाडौं, ४ असोज, नेपाली पत्रकारिता क्षेत्रमा लामो अनुभव संगालेका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल सूचना चौतारी सञ्चार सहकारी संस्था लि।बाट सञ्चालित सहकारी नेपाल डटकम, हरेकपल डटकम र सहकारी नेपाल मासिकको प्रधानसम्पादकमा अनुबन्धित भएका छन् ।

२०३४ देखि पत्रकारिता गर्दै आएका दाहालले नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक जस्ता धेरै अखबारहरुमा काम गरिसकेका छन् । २०४६ सालको आन्दोलन पछि उनले रेडियो नेपालमा बहुचर्चित कार्यक्रम ’घटना र विचार’ कार्यक्रमका संस्थापक प्रस्तोता, राष्ट्रिय समाचार समितिको अध्यक्ष, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार समेत रहेर काम गरिसकेका छन् । राजधानी दैनिक निस्कदा उनी संस्थापक प्रधान सम्पादक थिए । जुन पत्रिका प्रकाशनको शुरुवातमै पाठकहरुमाझ लोकप्रिय बनेको थियो । २०५९ पछि दुई वर्ष च्यानल नेपालको ’अग्निपरीक्षा’ कार्यक्रमका प्रस्तोता भएर टेलिभिजन पत्रकारितामा पनि उनले नौलो आयाम थपे ।
उनको जन्म पण्डित रत्नप्रसाद र आमा टिकाकुमारीको कोखबाट २०१५ मंसिर १३ गते ओखलढुङ्गा जिल्लाको बिगुटारमा भएको हो । २०६२र६३ को जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा उनको अगुवागीमा अभियान चलाएर महत्वपूर्ण योगदान गरेका छन् ।
राजनीतिशास्त्रमा स्नातकोत्तर तह उतिर्ण गरेका दाहाल संस्कृत विश्व विद्यालय अन्तर्गत प्राध्यापक पेशामा पनि आबद्ध छन् । उनी एक मानवअधिकारवादी पनि हुन् । उनी २०४५ मा स्थापित नेपाल मानवअधिकार संगठनका संस्थापकमध्ये एक हुन् । २०५३ जेठमा स्थापित मानवअधिकार तथा शान्ति समाजमा सभापति समेत भइसकेका छन् । हाल सगरमाथा बाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका दाहालले विभिन्न साहित्यक पत्रिकाहरु समेत सम्पादन गरिसकेका छन् । उनले एक दर्जन भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । एकल र संयुक्त लेखनबाट उनका पुस्तकहरु पनि प्रकाशित छन् । उनले महेन्द्रविक्रम मानवअधिकार पुरस्कार, प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार २०५८, गोरखा दक्षिणबाहु चौंथो आदि प्राप्त गरिसकेका छन् । समाजसेवामा बढी सक्रिय रहने दाहाल महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक