रुरुरेसुंगाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न


रुरु रेसुंगा बचत तथा ऋण सहकारी संस्थाले गत वर्षको लेखा परीक्षण प्रतिवेदन र चालू आर्थिक बर्षको आय व्यय विवरणका साथै बचत तथा ऋणसम्बन्धि विभिन्न नीतिहरु पारित गरेको छ । राष्टिय सहकारी संघ लिमिटेड नेपालका नायव महाप्रबन्धक बाबु खनालको प्रमुख आतिथ्यता तथा राष्टिय सहकारी संघका निमित्त महानिर्देशक बाबुल खनालको वरिष्ठ आतिथ्यतामा आफ्नो छैटौँ वार्षिक साधारणसभाको आयोजना गर्दै संस्थाले चालू वर्षका लागि आफ्ना योजनाहरु पारित गरेको हो ।
कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद गौतमले संस्थाको प्रगतीविवरण, आगामी लक्ष्य र नीतिहरुसम्बन्धि प्रतिवेदन सार्वजनिक गरे । विगतमा दिँदै आएको नियमित बचत पुँजीमा परिवर्तन गरी ६ प्रतिशत, विशेष बचतमा ९ प्रतिशत र नाबालक बचतमा ६ प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ । त्यस्तै ऋण लगानीमा शेयर पुँजी र बचत पुँजीको दोब्बर ऋण दिने कार्यलाई निरन्तरता तथा सोही पुँजीमा १२ प्रतिशत ब्याजदर दिने प्रस्ताव गरेको छ ।
पाँचौँ साधारण सभाको १५० सदस्य पुर्याउने लक्ष्य रहेकोमा थप २१ जना शेयर सदस्य सहित १४६ सदस्य संख्या पु¥याउने भएको छ । शेयर पुँजीमा ६४.४७ प्रतिशत, बचत निक्षेपमा ७७.७५ र ऋण लगानीमा ७२.२६ प्रतिशतले बृद्धि भएको जनाएको छ । आफ्नै पहिचानसहितको शेयर प्रमाणपत्र र पासबुक थप शेयर सदस्यलाई वितरण गर्ने निर्णय गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?