दाङको सहकारी पाश्र्वचित्र र बुुलेटीन विमोचन


दाङ, असोज । दाङ जिल्लाका सहकारी संस्थाहरुको पाश्र्वचित्र र सहकारी बुुलेटीन विमोचन गरिएको छ । जिल्ला सहकारी संघ दाङले सोमवार संघकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरेको हो ।
कार्यक्रममा पाश्र्वचित्र र सहकारी वुुलेटीनको निमोचन प्रमुुख अतिथि स्थानीय विकास अधिकारी रमेश गौतमले गर्नुभएको थियो । विमोचन गर्दै गौतमले मुलुुकको आर्थिक समाजिक विकास गर्नमा सहकारीको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहकारीलाई सहकारी नीति अनुुसार प्रभावकारिता बढाउनुुपर्ने बताउनुुभयो । उहाँले सहकारीमा निष्ठा र इमान्दारिता जनताको विश्वस्नीयता मुुख्य कुुरा भएकाले यसलाई ध्यान दिन सहकारीकर्मीहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै डिभिजन सहकारी कार्यालय दाङका प्रमुुख सहकारी अधिकृत विनोदकुुमार पौडेलले सरकारले सहकारीलाई मुलुुकको अर्थतन्त्रको तीनखम्वे नीतिको एउटा खम्वाको रुपमा राखेपनि मुुलुुक सबै क्षेत्रमा विदेशको निर्भर रहनुु विडम्बना भएको बताउनुुभयो । उहाँले सहकारीमार्फत मुुलुुकलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउनतर्फ लाग्नुुपर्ने धारणा राख्नुुभयो ।
संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष खड्गबहादुुर बुुढाथोकी, दाङ वचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुुमार पौडेल, नेफ्स्कून लेखा समितिका सदस्य हुुमा डिसीलगायतले बोल्नुुभएको थियो । संघका उपाध्यक्ष शेषुुराम भण्डारीको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद शर्माले गर्नुभएको थियो । जिआइजेट इन्कूलुुडको आर्थिक सहयोगमा उक्त पाश्र्वचित्र र सहकारी बुुलेटीन प्रकाशनमा ल्याएको संघले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

राष्ट्रिय सहकारी बैंकद्वारा शोध प्रबन्ध अनुसन्धान अनुदान सम्झौता
कैलालीको सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम
व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम सुरु
नेफ्स्कून सदस्यता अभिमुखीकरण कार्यक्रम सम्पन्न