लेखा परिक्षण शुल्क बृद्धि बारे सम्बन्धित पक्षसँग छलफल गरेका हौँ


– विनयप्रकाश श्रेष्ठ, कार्यकारी निर्देशक, ICAN

अहिले निर्धारण गरिएको शुल्क वैज्ञानिक र समयसापेक्ष छ त ?
– यो शुल्क हामीले एकदमै अध्ययन र अनुसन्धान गरेर तय गरेका हौँ त्यसैले समयसापेक्ष छ । कति कार्यदिन लाग्छ भन्ने कुरालाई मूल्याङ्कन गरेर नै शुल्क निर्धारण भएकोले बैज्ञानिक नहुने त कुरै भएन ।

तपाईँहरूले सबै सरोकारवाला निकायसँग छलफल नगरी निर्णय गर्नुभएको भन्ने आरोप छ नि ?
– हामीले महालेखा परीक्षक, महालेखा नियन्त्रक, अर्थमन्त्रालय लगायत यस विषयसँग सम्बन्धित सरोकारबालाहरूसँगको छलफलबाट नै परिषद्ले यो निर्णय लिएको हो, परिषदमा सरकारी निकायको पनि सहभागिता हुन्छ । त्यो आरोप सहि होईन ।

राष्ट्रिय सहकारी संघलगायतका निकाय पनि सरोकारबाला होईनन् र, त्यहाँ चै छलफल भएन ?
– उहाँहरू भनेको काम लगाउनु हुनुभयो, हामी काम गर्ने । दुईटाको आकांक्षा त फरक हुन्छ नि, हामी बढाउन खोज्ने तिर उहाँहरू घटाउने तिर लाग्नु स्वभाविकै हो, हामीले त्यहाँ छलफल गरेनौँ ।

शुल्क घटाउन सहकारीका विभिन्न निकायले अनुरोध गरेका छन्, त्यसको प्रक्रिया के हुँदैछ ?
– उहाँहरू डेलिगेशन आउनुभएको थियो । हामीले उहाँहरूका एजेन्डा टिपोट गरेका छौँ, त्यो एउटा प्रक्रियामा जान्छ । परिषद् बैठकमा त्यो कुराहरू राख्छौँ, त्यहाँबाट निर्णय परिवर्तन नभएसम्म अहिले गरिएको निर्णय नै लागु हुन्छ ।

कतिपय लेखा परीक्षकहरूले काम नगरी फि लिने गरेका छन् भनिन्छ नि, तपाईँहरूले के गर्नुहुन्छ त्यस्ता लेखापरीक्षकलाई ?
– काम नगरी फि लिनु पनि हुदैन, काम नगराई दिनु पनि हुँदैन । यसमा दुबै पक्षको गल्ति हो । यस बारेमा हामीकहाँ उजुरी दिन सकिन्छ । त्यसलाई हेर्ने हाम्रो छुट्टै अनुशासन समिति छ, त्यो समितिले उजुरी परेका विषयमा छानविन गर्छ र आवश्यक कार्बाही गर्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारीको संख्यात्मक वृद्धिका साथसाथै गुुणस्तर पनि बढाउनुपर्छ
उर्जा र कृषिमा लगानी गर्ने याेजना छ
सहकारीमा मर्ज वाध्यकारी व्यवस्था हुनुहुदैँन
वस्तु तथा सेवाको गुणस्तरीयतामा जोड दिएका छौं