हामीले सहकारी आन्दोलनको संस्कृति जोगाउनका लागि एलाईन्सको गठन गरेका हौं


सहकारी अभियानमा अहिले स्पष्ट रूपमा विभिन्न राजनीतिक धार देखिएका छन् । नेकपा (एमाले)ले भित्रि रूपमा सहकारीमा राजनीति गरिरहेको छ र सहकारीका विभिन्न स्तरका संघहरूको नेतृत्व हात पार्न सफल भएको छ । सहकारीको संस्थागत विकासको प्रारम्भ गरेको दावि गर्ने नेपाली काँग्रेस पक्षधरले सहकारी अभियानको नेतृत्व गुमाएको अवस्थामा आफू रहेका संघहरू भित्र र त्यो भन्दा बाहिर रहेर पनि सहकारीमा आफ्नो वर्चश्व कायम राख्न प्रयासरत छ । संघहरूमा आफ्नो पकड कमजोर रहेको अवस्थामा संगठित हुन काँग्रेसले अलग्गै सामाजिक संस्था दर्ता गरेर त्यसमार्फत सहकारी अभियानमा आफ्नो विचारलाई प्रवाहित गर्ने प्रयास गरिरहेको छ । केहि महिना अघि मात्र त्यस संस्था अर्थात नेशनल को–अपरेटर्स एलाईन्स नेपालको प्रथम महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । यसै सन्दर्भमा एलाईन्सका अध्यक्ष डिल्ली तिवारीसँग सहकारी नेपालले सहकारी मेचमा समसामयिक विषयमा गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ , (सं) ।
नेशनल को–अपरेटर्स एलाईन्सको नवनिवार्चित नेतृत्वले अहिले के गर्दै छ ?
एलाइन्स अहिले दुईवटा कार्य गर्दैछ । क) आन्तरिक व्यवस्थापन र संगठन विस्तार ख) पोलिसी एडभोकेसी ।
केहि वर्ष अघिमात्र स्थापना भएको एलाईन्सलाई विभिन्न पक्षबाट सशक्त बनाउन जरूरी छ र त्यसैको व्यवस्थापनमा हामी लागेका छौँ । मैले यहाँ उल्लेख गर्न जरूरी छ, सहकारी आन्दोलन प्रजातन्त्रको उपज हो । तर जसले सुरुवात ग¥यो अहिले उसैलाई बाहिर पारिएको अवस्था छ । प्रजातान्त्रिक विचारका व्यक्तिहरूको सहभागिता बिना सहकारी आन्दोलनले आशातित उपलब्धी हासिल गर्न सक्दैन । सहकारी आन्दोलनमा प्रजातन्त्रबादी साथीहरुको उपस्थिती नेतृत्वतहमा थोरै भएको छ । प्रजातन्त्रवादीहरुले यो आन्दोलनलाई स्वतन्त्र आन्दोलनकोरुपमा विकास गर्नुपर्छ र गरेका छन् । यसमा आवश्यकताअनुसार मान्छेहरु जोडिनसक्छ र आवश्यकताअनुसार बाहिरन पनि सक्छ । कुनै वर्ग, जाती वा पार्टीको हस्तक्षेप, नियन्त्रण, निर्देशन हुनुहुदैँन भन्ने सहकारी आन्दोलनको मूल मर्म हो । बीचमा राजनीतिक रुपमा हस्तक्षेप भयो र राजनीतिक आस्थाका आधारमा यसमा व्यक्तिहरूको प्रवेश गराउने अभ्यास भयो । त्यस अवस्थामा हामीले सहकारी आन्दोलनको संस्कृति जोगाउनका लागि एलाईन्सको गठन गरेका हौं । गठन पश्चात हामीले यसलाई विभिन्न जिल्लासम्म विस्तारित पनि ग¥यौँ । गठन र विस्तारले मात्र पुग्दैन, यसलाई सहकारी अभियानमा निरन्तर योगदान पु¥याउने संस्थाको रूपमा स्थापित गर्न राम्रो व्यवस्थापन गर्नुपर्ने हुन्छ, अब हामीले गर्नुपर्ने भनेको व्यवस्थापन हो । यसको कार्यालय व्यवस्थापन गर्ने, नीति निर्माण गर्ने, सदस्यता विस्तार गर्ने, संगठन निर्माणको कार्य गर्ने र केन्द्रियदेखि वडा तहसम्मको सांगठनिक संरचना निर्माण गरी सञ्चालन गर्ने विधि निर्माण गर्ने कार्यमा लागेका छौं .
पोलिसी एडभोकेसी भनेको कस्तो हो?
नेपालको संबिधान २०७२ जारी भएको छ । हाम्रो चाहना नेपालको संघीय लोकतान्त्रिक संबिधान २०७२ मा ‘सहकारी अर्थव्यवस्थालाई राज्यले आर्थिक प्रणालीको रुपमा विकसित गर्नेछ ।’ भन्नेछ सम्बोधन भएको छ ।
त्यस्तै सहकारी ऐन २०७२ मस्यौदा भई मन्त्रालयमा छ, सहकारी ऐनलाई सहकारी आन्दोलनको प्रर्वद्धन, विकास र विस्तारमा सहयोगी हुने गरी निर्माण गर्ने र सहकारी मैत्री ऐन बनाउने हाम्रो प्राथमिकता हो र प्रयासमा लागिरहेका छौं । यसका लागि नेशनल को–अपरेटर्स एलाईन्स नेपालबाट सम्मानीय प्रधानमन्त्री संबिधानसभा सचिवालय कानूनमन्त्री, माननीय सभाषद्ज्यूहरु, गर्भनर, सचिव ज्यूहरुसँग पटक पटक संवाद र छलफल गरेका छौं ।
सहकारीमा बामपन्थीको बर्चस्व बढी भयो, त्यसको डिफेन्समा एलाईन्स गठन भएको हो ?
यर्थाथमा त्यो हैन तर पनि एउटा पक्ष हुनसक्छ । मैले भनिसकेँ सहकारी आन्दोलन प्रजातन्त्रवादीहरुको आन्दोलन हो । प्रजातन्त्रको बढी अभ्यास सहकारीमा नै हुन्छ । एक व्यक्ति एक भोटको व्यवस्था हुन्छ सहकारीमा, प्रजातान्त्रिक नियन्त्रण हुन्छ, पूँजीको आधारमा होइन सदस्यको समान मतका आधारमा निर्णय हुन्छ । कुनै पनि समुदायमा प्रजातन्त्रको अभ्यास गर्ने पद्दति सहकारी नै हो । तर सहकारी कम्युन चाहीँ होइन, जसरी बामपन्थीहरुले कोअपरेटिभ कम्युनबाट परिमार्जित भएको हो भन्ने गर्छन् त्यो बिल्कुलै गलत हो । सम्पत्ति माथि व्यक्तिको अधिकार हुन्छ भन्ने कुरा प्रजातन्त्रले स्विकारेको छ र सहकारीले पनि यसै कुरालाई स्विकार्छ तर कम्युनमा व्यक्तिको सम्पत्तिमाथि अधिकार हुँदैन, यसबाटै स्पष्ट हुन्छ सहकारी कुन विचारको उपज हो भनेर । कोअपरेटिभलाई कम्युनमा रुपान्तरण गरिदिए भने के हुन्छ त ? सदस्यबाहेक अन्यन्त्र कतैबाट निर्दे्शित र नियन्त्रित भएर सहकारी चल्न सक्दैन । पञ्चायतकालमा हाम्रो देशमा सहकारी सरकारबाट निर्देशित थियो त्यसको विकासको अवस्था सबैलाई थाहा छ । अहिले पनि बामपन्थीद्वारा शाषित देशहरूमा सहकारी अभियान सफल देखिँदैन । अभियानको विकासका लागि स्वतन्त्रता आवश्यक हुन्छ, स्वतन्त्रता तबमात्र सम्भव हुन्छ जव यस अभियानलाई प्रजातान्त्रिक विचारका व्यक्तिहरूले नेतृत्व गर्छन् । नेपालको सहकारी आन्दोलनको सुरुवात प्रजातान्त्रिक विचारका व्यक्तिहरूले गरेका हुन् तर अहिले उनीहरूको पहुँचभन्दा बाहिर जान लागेको छ । यसबाट जोगाउन खोजेका हौँ, यस अर्थमा प्रतिरक्षा भन्ने हो भने त्यो ठिकै हो ।
प्रजातान्त्रिक विचार भनेर तपाईंले काँग्रेस भन्न खोज्नुभएको हो ?
काँग्रेस नै भन्ने छैन, प्रजातन्त्रमा आस्था राख्नेले मात्र सहकारी अभियानलाई सहि बाटोमा लान सक्छ भन्ने मेरो भनाई हो । यद्यपी हामीले यथार्थलाई स्विकार्नै पर्छ, नेपालमा सहकारी आन्दोलनको सुरुवात नेपाली काँग्रेसले गरेको हो र काँग्रेसले सहकारी भित्रको नेतृत्व गर्दै कसैलाई विचारको आधारमा यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा निषेध गर्ने काम गरेन । तर जब यसको नेतृत्व तहमा बामपन्थीहरू पुगे, उनीहरूले यसलाई आफ्नो संगठन विस्तारको माध्यम बनाउन थाले, स्वतन्त्र व्यक्तिलाई निषेध गर्ने तिर लागे । त्यसो गर्दा सहकारी आन्दोलनको संस्कृति मर्छ भनेर बचाउनका लागि अभियानकारुपमा हामी लागिपरेका छौं ।
एलाईन्स गठन भएको लामो समय भइसक्दा पनि धेरै सहकारीका नेतृत्वतहमा चुनाव भइसके, तर पनि एलाईन्सले सफलता हात पार्न सकेको छैन् नि ?
चुनावमा सफल हुनु नहुनु भनेको अलग कुरा हो, हामीले आफ्नो अभियानलाई जारी राखेका छौँ । प्रजातन्त्रबादीहरु संगठित नभएका कारण सहकारीका संघहरुमा बामपन्थीको बाहुल्यता देखिएको हो । एलाईन्स गठन पश्चात भएका निर्वाचनमा हामीले आशातित सफलता प्राप्त गरेका छौं । हामी संगठित हुँदा नेतृत्वतहमा जिल्लादेखि राष्ट्रियस्तरसम्म हाम्रा साथीलाई पु¥याउन सक्छौं र अहिलेकै अवस्थामा पनि हामी अरू कुनै उद्देश्यका लागि सहकारीका संघहरूलाई प्रयोग गरेर सहकारीका मुल्यमान्यता मर्ने गरी काम गर्न दिदैनौँ ।
बामपन्थीलाई तपाईहरुले नै ठाउँ दिनुभएको हो नि, अहिले किन रोईकराई गर्नु भएको छ त ?
तपाईले सही कुरा गर्नुभयो, हामीले नै उहाँहरुलाई लिएर आएको हो । किन उहाँहरुलाई उपस्थिती जनाएको हो भने सहकारी आन्दोलनमा सबै सँगसँगै जानु पर्छ । हामी एक्लै गएर हुदैँन भनेर उपस्थिती जनाएको हो, त्यो बेला संघ बनाउँदा बामपन्थी साथी खोजेर राख्ने गरेका थियौँ । तर उहाँहरुको पार्टीबाटै सहकारीलाई क्याप्चर गर्ने रणनीति तय भयो । प्रारम्भिक संस्थादेखि नै सो अनुरुप कार्य भए . उहाँहरूको पार्टीले सहकारी विभाग गठन ग¥यो । कार्यकर्तासम्म आर्थिक कार्यक्रम लैजाने माध्यमकारुपमा यसलाई प्रयोग गर्ने काम गरियो । आफ्नो पकड भएका संघहरु पार्टीको सम्पर्क कार्यालयको रुपमा विकसित गरियो । के यो विकृति होईन ? एमालेले मात्र प्रयोग गर्दा एकलौटी हुन्छ, त्यसका विरूद्ध हामीले संगठित रूपमा हस्तक्षेप गर्दा उनीहरू पछि हट्नुपर्ने अवस्था आउँछ । त्यस अवस्थामा फेरी सहकारी अभियानको नेतृत्व कसले गर्ने भन्ने कुरामा सहकारी अभियानकै व्यक्तिहरू अगाडि आउँछन्, त्यति बेला पार्टी प्रधान कुरा रहँदैन र यो आन्दोलन सहकारीकर्मीकै आन्दोलन हुन्छ । तर त्यो दिन कुर्नु पर्छ ।
कहिलेसम्म त्यो कुरा संभव हुन्छ त ?
त्यो हाम्रो काममा भर पर्छ । जबसम्म हामी संगठित हुन सक्दैनौं तबसम्म यो अवस्था रहन्छ । प्रारम्भिक संस्थामा प्रजातन्त्रवादी साथीहरुको उपस्थिति संख्यात्मक रुपमा बलियो छ । मात्र संगठित गर्ने र प्रतिनिधि व्यवस्थि तगर्ने कुरो हो ।

कम्युनिष्टहरूले भूमिगतरुपमा सहकारीमा राजनीति गरेका रहेछन् होईन त ? त्यसो भए आज कांग्रेसले खुलारुपमा गर्दैछ, यसरी खुलारूपमा सहकारीमा राजनीति हुँदा सहकारीको स्थिती के हुन्छ ?
त्यो सत्य होइन, हिजो पनि एमालेले सहकारीमा खुलारुपमा राजनीति गरेको थियो । जिल्ला स्तरका सबै संघ, केन्द्रीय संघहरू, राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघको निर्वाचनमा एमालेको पार्टी कार्यालयबाट उम्मेदवारको निर्णय भएको छ र त्यहिँ गएर विजयोत्सव मनाईएको छ, के यो खुला राजनीति होईन ? कसरी सहकारीमा भूमिगत राजनीति भयो । अहिले एलाईन्स आएर खुला भयो अब हामी पनि त्यसरी नगई नहुने बाध्यता भयो भन्नु गलत हो । भिन्न बिचारधारा भएका साथीहरुलाई बिच्काउने र यसरी जान हुदैँन थियो कि क्या हो भनेर भ्रमित बनाउनु बाहेक अरु केही होइन । हामी त एमाले, माओवादी एवम् अरू पार्टीको पनि हाम्रो जस्तो एलाईन्स बनोस् भन्ने चाहन्छौं । तीनचारवटै एलाईन्सबीच पनि सहमती हुन्छ नि त । सहकारीका लागि आवश्यक कुरा के हो त्यसैमा छलफल हुन्छ । कानून, ऐन, नियम नीतिका विषयका विषयमा के गर्ने भन्ने व्यापक छलफल हुन पाउँछ । हाम्रो जस्तै अरुको एलाईन्स हुदाँ केही फरक पर्दैन । अहिले त कहाँ जानु ? हाम्रो एलाईन्स छ उहाँहरू पार्टीबाट परिचालित हुनुहुन्छ, उहाँहरुको संवादको कुनै अर्थ रहदैन । उहाँहरूको पार्टीमा गएर सहकारीबारे संबाद हामी गर्न सक्दैनौँ, समस्या यस्तो छ ।
एलाईन्सको संगठन कसरी बिस्तार गर्दै हुनुहुन्छ ?
४६ जिल्लामा हाम्रो तदर्थ समिति छ । हाम्रो केन्द्रिय कमिटीले पदाधिकारीको कार्यव्यवस्थापन समिति निर्माण गरेको छ । समितिले तीन काम प्राथमिकतामा राखेको छ, आन्तरिक व्यवस्थापन, कार्यालय स्थापना र विधिगत रूपमा सांगठनिक संरचना निर्माण । तदर्थ समिति बनेका जिल्लामा अधिवेशन गर्न कार्यविधि तयार गर्दछौं । बाँकी रहेका जिल्लामा तदर्थ समिति गठन गर्न निर्देशन दिएका छौँ । चैत्रसम्म ७० जिल्लामा पुग्छौं । हरेक निर्वाचन क्षेत्र स्तरका समिति पनि निर्माण गरिनेछ । यसले सहकारी आन्दोलनलाई पनि सहयोग गर्छ र लोकतन्त्रवादीहरुलाई पनि । हाम्रो फोकस यसैमा छ ।

सहकारीको विकासका लागि एलाईन्स लाग्छ भन्दै गर्दा एलाईन्स राजनीतिक फड्को मार्ने खुड्किलो मात्र बन्ने त होइन ?
तपाईले प्रश्न गर्नु स्वभाविक नै हो । राजनीतिक आबद्व भएका, आफ्नो समयमा सक्रियरुपमा राजनीति गरेका साथीहरु नेतृत्व आउछन् र छौँ पनि । तथापी हामी सबै सहकारीमै बढी क्रियाशील भएका मान्छे नेतृत्वतहमा छौं । केन्द्रिय समितिमा अधिकांश सहकारीसँग बलियो रूपले जोडिएका व्यक्तिहरू नै हुनुहुन्छ एलाईन्समा । राजनीति फड्को मार्न भन्दा पनि सहकारी आन्दोलनको विकास, परिमार्जन, बिस्तार गर्ने कुरा प्रमुख हुन्छ । कोही साथी यहाँबाट उठेर माथी गए भने पनि त्यो राम्रो कुरा हो । उसले त त्यहाँ गएर सहकारीकै हितमा काम गर्छ अनि कांग्रेसले पनि सहकारी अभियानमा आफ्नो आधिकारिक उपस्थिति देखाउँछ । तर हामीले आन्दोलनको स्प्रिटलाई विगारेर राजनीतिक खुड्किलो चढ्ने रुपमा लिएका छैनौँ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?