सहकारीको कारोबार बढ्दै


बाँके असोज २१ । महिला तथा बालबालिका कार्यालय बाँकेअन्तर्गत महिला समूहले सञ्चालन गरेका सहकारीको कारोबार रु दुई करोड ५० लाख पुगेको छ ।
जिल्लाका २६ गाविस र नेपालगन्ज उपमहानगरपालिकामा गरी अहिले जिल्लामा २९ वटा महिला तथा बालबालिका कार्यालयअन्तर्गतका सहकारी रहेको कार्यालय प्रमुख प्रभा श्रेष्ठले बताइन् । ती सहकारीमा करिब ८०० सदस्य रहेका छन् । महिला समूहले मासिक रु १० देखि रु एक हजारसम्म बचत गर्ने गरेका छन् ।
सहकारीले महिला समूहमा सस्तो ब्याजमा ऋण लगानी गर्नुका साथै आयआर्जन तथा सीपमूलक तालिम गर्दै आएका छन् ।
सो कार्यालयले लैङ्गिक हिंसा न्यूनीकरणका लागि बाँकेमा निगरानी समूह गठन गर्ने प्रक्रियालाई पनि तीव्रता दिएको छ । अहिलेसम्म नौ गाविसमा नौवटा, नेपालगन्ज उपमहानगरपालिकामा पाँचवटा र कोहलपुर नगरपालिकामा दुईवटा निगरानी समूह गठन गरिसकेको कार्यालयले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न