सबै सहकारीहरुको ब्याजदरमा एकरुपता ल्याउनुपर्ने सहकारीकर्मीहरुको जोड


काठमाडौं, २२ असोज, सबै सहकारीहरुमा ब्याजदरमा एकरुपता ल्याउनुपर्ने सहकारीकर्मीहरुले जोड दिएका छन् । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.ले आयोजना गरेको सहकारी डबली १५ मा बोल्ने वक्ताहरुले सहकारीमा बचतको न्युनतम र कर्जाको उच्चतम ब्याज अन्तरलाई न्यूनिकरण गर्न आवश्यक भएको बताएका हुन् ।
स्पे्रड दर वास्तविकरुपमा कार्यान्वयन हुन नसकेका कारण सहकारीले बचत र कर्जामा तोकिएको ब्याजदरभन्दा धेरै अन्तरमा सहकारीको कारोबार भइरहेको बताएका छन् ।
वक्ताहरुले सहकारी–सहकारीबीचको २ प्रतिशत भन्दा बढी फरक हुन नहुने धारणा राखेका थिए ।
पूँजी कोष र जखेडा कोष बढाएर निक्षेपको र कर्जाको ब्याजलाई न्यूनिकरण गर्न सकिने उनीहरुले बताएका थिए ।
उच्च ब्याजदर भएका संस्थाका कारण सिंगो सहकारी बदनाम भएका कारण उनीहरुको ब्याजदर घटाउनुपर्ने उनीहरुको भनाई थियो । ब्याजदर बजारले निर्धारण गर्ने भए पनि ब्याजदरको आधारमा रहेर निर्धारण गर्न आवश्यक भएको उनीहरुले बताए ।
निक्षेप तान्ने अस्वस्थ प्रतिष्पर्धालाई घटाउन आवश्यक भएको उनीहरुको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रसाद ढकाल, जिल्ला सहकारी संघका कोषाध्यक्ष मनोज भण्डारी, सदस्य अमरावती महर्जन, नेशनल कोअपरेटर्स एलाईन्सका जिल्ला अध्यक्ष केदार मानन्धरलगायतले मन्तव्य राखेका थिए । त्यस्तै सहकारीकर्मी गोविन्द गिरी, कमलराज अधिकारी, कृष्ण बस्नेत, निरञ्जन सेढाईं, अर्जुनप्रसाद भट्टराईलगायतले ब्याजदरबारे आफ्ना अनुभवहरु सुनाएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर