सहकारी गुणस्तरमा जान आवश्यक छ–ढकाल


काठमाडौं, असोज २३ । राष्ट्रिय सहकारी संघका सञ्चालक एंव नेशनल कोअपरेटर्स एलाईन्सका महासचिव चन्द्रप्रसाद ढकालले सहकारीको गुणस्तरमा जोड दिएका छन् ।
क्यापिटल मोबिलाईजेसन बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभाका अवसरमा बोल्दै ढकालले सहकारीको संख्यात्मक विकासले मात्र सहकारीले फड्को मार्न नसक्ने बताए । ‘सहकारीको विकासका लागि नीतिगत व्यवस्था सुधार गर्न आवश्यक छ’ उनले भने ।
सहकारीको गुणात्मक बिकासका लागि मर्जरमा जान आवश्यक भएको सञ्चालक ढकालको भनाई थियो । मर्जर अभियानलाई लैजाने मुमेन्टको नीतिगत निर्णय आइनसकेपनि अधिकांश सहकारीकर्मीले मर्जर आबश्यकता बोध गरि सकेको ढकालले बताए ।
संबिधान बनिसकेको अबस्थामा सहकारी व्यवस्थित गर्नका लागि मर्जिङ, सहकारी व्यवस्थापन तथा अन्य कानुन बनाउन बनाउन आवश्यक भएको उनको भनाई थियो । ‘मर्जरमा जाने सहकारीलाई सरकारले कर छुट दिनुपर्छ’ उनले भने । ‘३२ हजार सहकारी हुनु राम्रो होइन, अब मर्जरमा जानुको विकल्प छै्रन्’ उनले भने ।
IMG_6872सहकारीमा मर्जर गरेर एकताको शुरुवात हुन सहकारीमार्फत अर्थतन्त्र सबल बन्ने उनको भनाई थियो ।
नेशनल कोअपरेटर्स एलाईन्सका अध्यक्ष एवम् महेन्द्र नारायणनिधी मेमोरियल स्वास्थ्य सहकारी संस्थाका प्रबन्ध सञ्चालक डिल्ली तिवारीले सहकारीमा दोहोरो सदस्यता अन्त्य गर्न जोड दिनुपर्ने बताए । ‘एक व्यक्ति अन्य सहकारीमा बस्ने परिपाटी छ, यो प्रक्रिया रोकिनुपर्छ’ उनले भने ।
जिल्ला सहकारी संघका कोषाध्यक्ष मनोज भण्डारीले एउटै बिल्डिङमा धेरै सहकारी हुनु राम्रो नहुने बताए । सहकारीले निक्षेप र कर्जा भन्दा उत्पादनशील काम गर्न सक्नुपर्ने बताए । सहकारीले उत्पादन गर्न सके मात्र कुल ग्राहस्थ उत्पादनमा योगदान बढाउन सक्ने उनको भनाई थियो ।
सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले शिक्षा, सूचना र तालिममा सहकारीले विशेष जोड दिनुपर्ने बताए ।
युनिफिकेसन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमलराज अधिकारीले सहकारीबीच सहकारिता गर्न आवश्यक भएको बताए ।
सहकारीमा नयाँ नेतृत्व
क्यापिटल मोबिलाईजेशन बचत तथा ऋण सहकारी संस्थाको पाँचौं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको अध्यक्षमा प्रा.डा प्रदीपकुमार भट्टराई, उपाध्यक्ष सरोजकुमार पाण्डे, सबिवमा महेशप्रसाद पाठक, कोषाध्यक्षमा दिवाकार दुरदर्शी पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा रिता सेढाई, मुकुन्दप्रसाद अधिकारी, केशवप्रसाद पराजुली निर्वाचित भएका छन् । त्यस्तै निरञ्जन सेढाईको संयोजकत्वमा लेखा समिति चयन भएको छ । सदस्यमा विनिता पौडेल, अम्बिका खनाल निर्वाचित भएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन