हसना सहकारीको नाफा साढे ५२ लाख बढी


hasanaकाठमाडौं, असोज २४ । हसना बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७१/७२ मा ५२ लाख ७६ हजार ८ सय १ रुपैयाँ नाफा गरेको छ ।
संस्थाको सातौ वार्षिक साधारणसभाका अवसरमा अघिल्लो वर्षमा ३४ लाख ५० हजार ३ सय २१ रुपैँया आर्जन गरेको जानकारी दिएको थियो । संस्थाले १ करोड १३ लाख २९ हजा। ५ सय रुपैयाँ शेयर पूँजी संकलन गरेको छ ।

संस्थाले अघिल्लो आर्थिक वर्षमा १ करोड ४ लाख ७ सय रुपैँँया संकलन गरेको जनाएको थियो ।
संस्थाले २३ करोड २४ लाख १५ हजार ८ सय ५७ रुपैँया निक्षेप संकलन गरी २१ करोड ४६ लाख २३ हजार ८ सय ६७ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा १६ करोड ७० लाख ७७ हजार २ सय २४ रुपैयाँ निक्षेप संकलन गरी १५ करोड ९ लाख ८६ हजार ६ सय ७६ रुपैयाँ कर्जा लगानी गरेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)का सञ्चालक दिपक पनेरुले सहकारीमार्फत आर्थिक क्रान्ती सम्भव भएको बताए । सहकारीमा ब्याजदर एकरुपता ल्याउन आवश्यक भएको उनको भनाई थियो । ‘सहकारीको संख्या बढी भएको भन्दै अब गुणात्मक विकासका लागि सहकारी मर्जरमा जान आवश्यक छ’ उनले भने ।
सहकारीका अध्यक्ष नारायण कृष्ण महर्जनले संस्थाले प्रतिवर्ष प्रगती गर्दै गएको बताए । उनले सदस्य संख्या बढाउँदै लगेको बताए । संस्थामा २ हजार ९ सय ५८ सदस्य रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित