देवदर्शनको शेयर पूँजी बढ्दै
काठमाडौं, असोज २४ । देवदर्शन बचत तथा ऋण सहकारी संस्थाले शेयर पूँजी वृद्वि गर्दै लगेको छ । संस्थाको सातौं वार्षिक साधारणसभाका अवसरमा संस्थाले शेयर पूँजी वृद्वि गर्दै लगेको बताइएको थियो ।
हालै सम्पन्न साधारणसभाका अवसरमा आर्थिक वर्ष २०७१÷७२ मा १ लाख ५४ हजार ८४ हजार ८ सय रुपैयाँ शेयर पूँजी संकलन भएको बताइएको थियो । अघिल्लो आर्थिक वर्षमा १ करोड ४० लाख २४ हजार १ सय रुपैयाँ शेयर पूँजी भएको थियो ।
संस्थाको कुल सम्पत्ति ३३ करोड ८३ लाख १६ हजार ८ सय ६८ रुपैयाँ पुगेको छ ।
संस्थाले गत आर्थिक वर्षमा ३० करोड ६७ लाख ३ हजार ५६ रुपैयाँ बचत संकलन गरी २२ करोड ८९ लाख ३९ हजार ३ सय ५ रुपैयाँ ऋण प्रदान गरेको छ ।